कीवर्डहरू -

अब लो-लाइटिंगमा पनि स्पष्ट भिडियो कल गर्न सकिने, धेरै उपयोगी छ ह्वाट्सएपको यो नयाँ फिचर

अब लो-लाइटिंगमा पनि स्पष्ट भिडियो कल गर्न सकिने, धेरै उपयोगी छ ह्वाट्सएपको यो नयाँ फिचर

केही दिनअघि ह्वाट्सएपमा भिडियो कलिंगका लागि नयाँ फिचर थपिएको थियो । यसले लो–लाइट मोड प्रदान गर्नेछ, जसले ह्वाट्सएपमा राम्रो भिडियो कलिंग अनुभव प्रदान गर्नेछ । यस फिचरले कमजोर लाइटिंग कन्डिसनमा आउने समस्याहरूलाई कम गर्नेछ । साथै, ह्वाट्सएपमा भिडियो कलिंगका लागि नयाँ फिल्टर र ब्याकग्राउन्ड अप्सनहरू पनि थपिएका छन् । यहाँ हामी तपाईंलाई लो–लाइट मोडको बारेमा जानकारी दिँदैछौं, जसले लो–लाइट कन्डिसनमा भिडियो कलिंग गर्दा स्पष्टता र ग्रेनेसलाई कम गर्न मद्दत गर्नेछ । कुल मिलाएर, ह्वाट्सएपको यो फिचर डिम लाइटिंगमा राम्रो स्पष्टताका साथ भिडियो कलिंग अनुभव प्रदान गर्दछ ।

ह्वाट्सएपको लो–लाइट मोड के हो?

मेटाको म्यासेजिङ एप ह्वाट्सएपमा भिडियो कलिंगको स्पष्टता सुधार गर्न लो–लाइट मोड सार्वजनिक गरिएको छ । यस फिचरलाई हालैको अपडेटसँगै ह्वाट्सएपमा थपिएको छ, जसमा फिल्टर र ब्याकग्राउन्ड अप्सनहरू पनि समावेश गरिएका छन् । कम्पनीले लो–लाइट मोडलाई डिम लाइटिंग कन्डिसनमा प्रयोगकर्ताहरूलाई राम्रो भिडियो गुणस्तर प्रदान गर्न डिजाइन गरेको छ, जसले ब्राइटनेससँगै भिडियोबाट ग्रेन्सलाई कम गर्न सहयोग पु¥याउँछ ।

यस फिचरको मद्दतले कमजोर प्रकाश भएका स्थानहरूबाट पनि प्रयोगकर्ताहरू आफ्ना साथी र परिवारका सदस्यहरूसँग राम्रो स्पष्टताका साथ भिडियो कल गर्न सक्नेछन् ।

ह्वाट्सएपमा लो–लाइट मोड कसरी इनेबल गर्ने?

कम लाइटिंग कन्डिसनमा राम्रो भिडियो कलिंग अनुभवका लागि ह्वाट्सएपको लो–लाइट मोड सक्रिय गर्न निकै सजिलो छ । यो फिचरलाई इनेबल गर्न प्रयोगकर्ताहरूले मात्र टगललाई प्रेस गर्नुपर्छ । यहाँ हामी तपाईंलाई स्टेप बाई स्टेप प्रक्रिया बताउँनेछौ ।

सबैभन्दा पहिले आफ्नो फोनमा ह्वाट्सएप खोल्नुहोस् । त्यसपछि आफ्नो फोनबाट ह्वाट्सएप भिडियो कल गर्नुहोस्। अब आफ्नो भिडियो फिडमा क्लिक गरेर फुल स्क्रिनमा खोल्नुहोस् । माथि बल्बको आइकनमा क्लिक गरेर लो–लाइट मोड इनेबल गर्न सक्नुहुन्छ ।

यस बल्बको आइकनमा क्लिक गरेर यसलाई डिसेबल पनि गर्न सकिन्छ । ह्वाट्सएपको यो फिचर एन्ड्रोइड र आइओएस दुबै प्रयोगकर्ताहरूका लागि रोल आउट गरिएको छ । यद्यपि, यो फिचर अहिलेसम्म डेस्कटप भर्सनका लागि उपलब्ध छैन् । साथै, यो फिचर प्रत्येक कलका लागि सक्रिय गर्नुपर्ने हुन्छ ।