कीवर्डहरू -

अब औंला बिनानै आईफोन प्रयोग गर्न सकिने, एप्पलको नयाँ आँखा ट्र्याकिङ प्रविधि

अब औंला बिनानै आईफोन प्रयोग गर्न सकिने, एप्पलको नयाँ आँखा ट्र्याकिङ प्रविधि

यदि औंलाहरूले ष्एजयलभ प्रयोग गर्दा तपाईं दिक्क हुनुभएको छ भने, आईओएस १८ अपडेटले प्रयोगकर्ताहरूलाई मात्र आँखाको इसाराले नै डिभाइस नियन्त्रण गर्ने सुविधा दिन्छ ।

आई ट्र्याकिङ  फिचर मार्फत यो सम्भव भएको हो । यो सेटिङ सक्षम गरेपछि आईफोन चलाउन औंलाको आवश्यकता पर्दैन, केवल आँखाको सहयोगमा नै विभिन्न कार्यहरू गर्न सकिन्छ । यस फिचरलाई कसरी सक्षम गर्ने भन्ने प्रक्रिया यहाँ बताइएको छ ।

आई ट्र्याकिङ फिचर के हो?

आई ट्र्याकिङ फिचरले आईफोनको बिल्ट–इन फ्रन्ट–फेसिङ क्यामेराको प्रयोग गर्छ । राम्रो नतिजाका लागि ध्यान दिनुहोस् कि क्यामेरा सफा होस् र पर्याप्त प्रकाश उपलब्ध हुनुपर्छ । साथै,आईफोन तपाईंको अनुहारबाट करिब १.५ फिटको दूरीमा स्थिर रहनुपर्छ ।

यो फिचर आईफोन १२ र त्यसपछि आएका सबै आईफोन मोडलहरूमा सपोर्ट गर्दछ । साथै, आईफोन एसई(थर्ड जेन) मा पनि उपलब्ध छ । एप्पलले यसलाई आईओएस १८ अपडेट मार्फत सार्वजनिक गरेको हो ।

आई ट्र्याकिङ फिचर कसरी सक्षम गर्ने?

सर्वप्रथम सेटिङमा जानुहोस् । यसपश्चात एक्सेसिबिलिटी विकल्पमा ट्याप गर्नुहोस् । यति गरेपछि आई ट्र्याकिङ फिचर खोजेर सक्रिय गर्नुहोस् ।

आई ट्र्याकिङ सक्षम गरेपछि, अन–स्क्रिन निर्देशनहरू पालना गर्नुहोस । स्क्रिनको चारैतिर विभिन्न ठाउँहरूमा बिन्दुहरू देखिन्छन्, जसलाई आँखाको इसाराले ट्र्याक गर्नुहोस् ।

नोटः प्रत्येक पटक आई ट्र्याकिङ सक्षम गर्दा, क्यालिब्रेशन गर्नु अनिवार्य हुन्छ ।

आई ट्र्याकिङ फिचर कसरी काम गर्छ?

क्यालिब्रेशन पूरा भएपछि, अन–स्क्रिन पॉइन्टर तपाईंको आँखाको गतिविधि ट्र्याक गर्छ । तपाईं कुनै पनि आइटमलाई हेर्न थालेपछि, त्यसको वरिपरि एउटा फ्रेमवर्क देखिन्छ ।

जब तपाईं कुनै स्थानमा आँखा स्थिर राख्नुहुन्छ, ड्वेल पोइन्टर त्यही स्थानमा देखिन्छ । ड्वेल टाइमर सुरु भएपछि, डिफल्ट रूपमा सम्बद्ध कार्य सुरु हुन्छ ।

एप्पलले यो फिचर शारीरिक रूपमा असक्षम व्यक्तिहरू लाई ध्यानमा राखी विकास गरेको हो, जसले औंलाको प्रयोग बिना नै आईफोन सहज रूपमा प्रयोग गर्न सकून् ।