कीवर्डहरू -

जीमेलमा अब जेमिनाई एआईले जवाफ दिने

जीमेलमा अब जेमिनाई एआईले जवाफ दिने

गुगलले लामो समयदेखि आफ्नो एआई च्याटटूल जेमिनाई एआईमा काम गरिरहेको छ । अब गुगलले जेमिनाई एआईलाई जीमेलमा सपोर्ट गर्ने तयारी गरिरहेको छ ।  गुगलको जीमेलले जेमिनाई एआईको सहयोगमा कुनै पनि मेलको जवाफ दिन सुझाव दिने दाबी गरिएको छ ।

रिपोर्टका अनुसार यो जीमेलको एन्ड्रोइड एपबाट सुरु हुनेछ । यो फिचर ल्याएपछि मानिसको समय बचत हुने र कम समयमा कुनै पनि इमेलको जवाफ दिन सक्ने बताइएको छ । नयाँ सुविधाको अपडेट चाँडै सबैका लागि जारी गरिनेछ ।

लीक रिपोर्टमा स्क्रिनसट पनि देखा परेको छ जसमा जेमिनाईको जवाफ सुझावहरू देख्न सकिन्छ । यद्यपि प्रयोगकर्ताले चाहेमा, तिनीहरूले जेमिनाई एआईको जवाफ सम्पादन गर्न सक्षम हुनेछन् अर्थात् यसलाई अनुकूलित गर्ने विकल्प हुनेछ ।

यस वर्ष फेब्रुअरीमा गुगलले गुगल वर्कस्पेस एप्सका लागि जेमिनाई अल्ट्राको समर्थन जारी गरेको थियो, त्यसपछि जीमेल, गुगल डक्स, स्लाइट, शीट र मीटका प्रयोगकर्ताहरूले यसलाई प्रयोग गर्न सक्नेछन ।