कीवर्डहरू -

एक घण्टा भित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न मन्त्री अर्यालको निर्देशन

एक घण्टा भित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न मन्त्री अर्यालको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न निर्देशन दिएका छन् । 

आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र मन्त्रालयको सूचना प्रविधि परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी  रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) सुधार गर्न निर्देशन दिएका हुन् । 

उनले संसारको कुनैपनि कुनाबाट श्रम स्वीकृतिको लागि श्रमिकले आवेदन दिदाँ एक घण्टा भित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिए । यदि नसक्ने भए यही सफ्टवेयर प्रयोग गरेर आगामी एक महिनाभित्र  एक घण्टा भित्रमा श्रम स्वीकृति दिन सक्ने व्यवस्था गर्ने आपूर्तीकर्तालाई बताएका थिए । 

वैदेशिक रोजगारीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको छ ।