कीवर्डहरू -

एनपीएनओजी-१०: नेटवर्किङ र सूचना प्रविधिमा विशेष कार्यशाला तथा सम्मेलन आयोजना गरिदैँ

एनपीएनओजी-१०: नेटवर्किङ र सूचना प्रविधिमा विशेष कार्यशाला तथा सम्मेलन आयोजना गरिदैँ

नेपाल नेटवर्क अपरेटर्स समूह (एनपीएनओजी) को दशौं संस्करण २५ नोभेम्बर देखि २९ नोभेम्बर २०२४ सम्म पोखरामा आयोजना हुँदैछ।  यस कार्यक्रममा नेटवर्किङ र सूचना प्रविधि क्षेत्रका प्राविधिकहरूको ज्ञान र क्षमता वृद्धि गर्नका लागि कार्यशाला र सम्मेलन समेटिएको छ । 

चार दिने कार्यशालामा नेटवर्क अटोमेसन र एडभान्स्ड रुटिंग सम्बन्धी विषयहरूमा एपीएनआईसी बाट र इन्ट्रोडक्सन टू कन्टेनराइजेसन सम्बन्धी विषयमा एनपीएनओजीका प्रशिक्षकहरूबाट उपलब्ध गराइनेछ ।

यस वर्षको पाठ्यक्रम सामग्री हालका नेटवर्क तथा प्रणाली इन्जिनियरहरूका आवश्यकता सम्बोधन गर्ने गरी तयार गरिएको  छ। २५–२८ नोभेम्बरसम्म कार्यशाला पछि, २९ नोभेम्बरमा एक दिने सम्मेलन समेत आयोजना गरिनेछ । 

नेपालको इन्टरनेट पूर्वाधारलाई सहयोग पु¥याउने नेपाल इन्टरनेट एक्सचेन्ज (एनपीआईएक्स), नेपाल अनुसन्धान तथा शिक्षा नेटवर्क (एनआरईएन), र इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्प्यान) का सदस्यहरूलाई विशेष २० प्रतिशत छुट प्रदान गरिएको छ, जुन नोभेम्बर १०, २०२४ सम्म मान्य छ । दर्ता अनलाइनमार्फत निम्न लिंकमा उपलब्ध छ । 

सूचना प्रविधि क्षेत्रमा समावेशिता र सहभागिता बढाउन एनपीएनओजीले विशेष छात्रवृत्ति कार्यक्रमको व्यवस्था गरेको छ । यसमा महिला सहभागितालाई प्रोत्साहन गर्न ५० प्रतिशत छात्रवृत्ति महिला आवेदकहरूका लागि सुरक्षित गरिएको छ ।