एप्पलले हालै १५ इन्च स्क्रिनसहित नयाँ म्याकबुक एयर सार्वजनिक गरेको छ । साथै, एप्पलले नयाँ आइप्याड र आइप्याड एयर पनि प्रस्तुत गरेको छ ।
यी नयाँ लन्चिङसँगै, सधैंझैं एप्पलले केही उत्पादनहरू बन्द गरेको छ । बन्द गर्ने अर्थ यो हो कि अब एप्पलले ती उत्पादनहरूको उत्पादन गर्ने छैन, तर स्टकमा उपलब्ध भएका उत्पादनहरू भने बिक्री भइरहनेछन् ।
अब एप्पलले म्याकबुक एयर (२०२४), आइप्याड एयर (२०२४) र १०औं जेनरेशन आइप्याड (२०२२) बन्द गर्ने निर्णय गरेको छ । साथै, कम्पनीले म्याक स्टुडियो (एम२ म्याक्स, २०२३) र (एम२ अल्ट्रा, २०२३) लाई पनि आफ्नो वेबसाइटबाट हटाएको छ ।
एप्पलले बन्द गरेका उत्पादनहरू
म्याकबुक एयर (२०२५), आइप्याड एयर (२०२५), ११औं जेनरेशन आइप्याड (२०२५), म्याक स्टुडियो (एम३ अल्ट्रा, २०२५) र (एम४ म्याक्स, २०२५) लन्च भएलगत्तै पुराना आइप्याड र म्याक मोडेल कम्पनीको वेबसाइटबाट हटाइएको छ । यसमा म्याकबुक एयर (२०२४), आइप्याड एयर (२०२४), १०औं जेनरेशन आइप्याड (२०२२), म्याक स्टुडियो (एम२ म्याक्स, २०२३) र (एम२ अल्ट्रा, २०२३) समावेश छन् ।
एप्पलले १०औं जेनरेशन आइप्याड (२०२२) लाई सन् २०२२ मा एक इन्ट्री–लेभल मोडेलको रूपमा प्रस्तुत गरेको थियो, जसको सुरुवाती मूल्य ७१,८५० रूपैयाँ थियो (६४ जीबी वाइ–फाइ मोडेल)। त्यस्तै, म्याकबुक एयर र आइप्याड एयरलाई गत वर्ष नयाँ प्रोसेसरसहित अपडेट गरिएको थियो, तर अब यी उत्पादनहरू पनि बजारबाट हटाइएका छन् ।
यद्यपि, यी उत्पादनहरू अझै केही अनलाइन तथा अफलाइन थर्ड–पार्टी विक्रेताहरूबाट उपलब्ध हुन सक्छन्, तर नयाँ युनिटहरूको उत्पादन नहुने भएकाले यी स्टक छिट्टै सकिने सम्भावना छ ।