काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणालीमा अनधिकृत पहुँच बनाई विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
ठेक्काका आर्थिक प्रस्ताव खोल्नुअघि ई-जीपी प्रणालीमा अनधिकृत रूपमा पहुँच बनाई आर्थिक प्रस्तावसम्बन्धी दस्तावेज परिवर्तन गरेको विषयमा परेको निवेदनमाथि प्राविधिक अनुसन्धान तथा विश्लेषण गर्दा संलग्नता देखिएका आठ जनालाई पक्राउ गरिएको नेपाल प्रहरी साइबर ब्यूरोले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट असोज १६ गते पक्राउ गरिएको हो । उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।
आईसीटी समाचार