कीवर्डहरू -

तिहारको अवसरमा सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट

तिहारको अवसरमा सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट (मेगा मार्ट प्रा.लि.) सँग सहकार्य गरेर छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा रु. २०० सम्म छुट प्राप्त गर्न सक्नेछन् । तिहारको अवसरमा ल्याइएको यो अफर कार्तिक १५ देखि कार्तिक १८ सम्म लागु रहने बैंकले जनाएको छ ।