कीवर्डहरू -

ओपनएआइको बोर्डलाई दरखास्त नगरे ५०० भन्दा बढी कर्मचारीद्वारा सामूहिक राजीनामा दिने धम्की

ओपनएआइको बोर्डलाई दरखास्त नगरे ५०० भन्दा बढी कर्मचारीद्वारा सामूहिक राजीनामा दिने धम्की

ओपन एआइको समस्या अझै बढ्न सक्ने देखिएको छ । ओपनएआईका सीईओ साम अल्टम्यानलाई बर्खास्त गरेपछि ५०० भन्दा बढी कर्मचारीले बोर्डलाई हटाउन माग गरेका छन् ।

साम ओल्टम्यानलाई बर्खास्त गरेपछि अब नयाँ सीईओको नाम पनि सार्वजनिक भएको छ । ट्विचका सह–संस्थापक एमेट शियरले सीईओको रूपमा पदभार ग्रहण गर्न सक्छन् । तर, बिहीबार साम ओल्टम्यानलाई पदबाट बर्खास्त गरेपछि मीरा मुरत्तीले पद सम्हाल्दै आएकी थिइन् ।

ओपनएआईका ५०० भन्दा बढी कर्मचारीले सामूहिक राजीनामा दिने धम्की दिएपछि कम्पनीको भविष्य अन्योलमा परेको देखिन्छ । कर्मचारीहरूले कम्पनीलाई बोर्डले राजीनामा दिनुपर्छ अन्यथा माइक्रोसफ्टमा आबद्ध हुने चेतावनी दिएका छन् ।

कम्पनीलाई लेखिएको पत्रमा कर्मचारीहरूले स्पष्ट पारेका छन् कि यदि उनीहरूको माग सुनिएन भने, उनीहरूले राजीनामा दिन र माइक्रोसफ्टको नयाँ एआई इकाईमा सामेल हुन सक्छन् । वाल स्ट्रीट जर्नलका अनुसार ओपनएआईमा करिब ७७० कर्मचारी छन् । 

बोर्डले कम्पनीको अनुगमन गर्न नसकेको कर्मचारीहरुले बताएका छन् । पत्रका अनुसार बोर्डबाट सीईओ अल्टम्यान र सहसंस्थापक ग्रेग ब्रोकम्यानलाई हटाइएपछि काम प्रभावित भएको हो ।