ओपनएआईले आफ्नो नयाँ एआई एजेन्ट अपरेटर लन्च गरेको छ । यसले प्रयोगकर्ताहरूका लागि वेबमा विभिन्न कार्यहरू गर्न सक्ने छ ।
कम्पनीका अनुसार यसले आफ्नो ब्राउजरको प्रयोग गरेर कुनै पनि वेब पेज हेर्न सक्छ र त्यहाँ टाइप गर्न, क्लिक गर्न र स्क्रोल गर्नजस्ता अन्तरक्रिया गर्न सक्छ ।
यो ओपनएआईको पहिलो यस्तो एआई एजेन्ट हो, जुन स्वतन्त्र रूपमा काम गर्न सक्षम छ, अर्थात् यसलाई कुनै आदेशको आवश्यकता पर्दैन् ।
हाललाई यो अनुसन्धान प्रीभ्युका रूपमा सुरू गरिएको छ, जसको अर्थ यो अझै केही सीमाहरूका साथ उपलब्ध छ र प्रयोगकर्ताहरूको प्रतिक्रियाका लागि खुला छ । यो संस्करण अहिले अमेरिकामा मात्र च्याटजीपीटी प्रो प्रयोगकर्ताहरूका लागि उपलब्ध छ ।
अपरेटरलाई विभिन्न प्रकारका नियमित ब्राउजर कार्यहरूको लागि प्रयोग गर्न सकिन्छ, जस्तै फारम भर्नु, ग्रोसरी अर्डर गर्नु वा मिम्स बनाउन । यसले तिनै इन्टरफेस र टूलहरूको प्रयोग गर्छ, जसलाई मानिसहरू दैनिक प्रयोग गर्छन्, जसले गर्दा यसको उपयोगिता अझ बढी हुन्छ । यो केवल समय बचत गर्न मद्दत गर्दैन, तर व्यवसायहरूलाई आफ्ना ग्राहकहरूसँग नयाँ तरिकाले जोडिन अवसर पनि प्रदान गर्दछ ।
यसलाई छिट्टै प्लस, टिम र इन्टरप्राइज प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध गराइनेछ र भविष्यमा च्याटजीपीटीमा एकीकृत गर्ने कम्पनीको योजना छ । अपरेटर एक नयाँ मोडेल, कम्प्यूटर–यूजिंग एजेन्ट (सियूए) द्वारा सञ्चालित रहेको कम्पनीले जनाएको छ ।
यसले जीपीटी–४ को भिजन क्षमता र एडभान्स्ड रिजनिङलाई रिइन्फोर्समेन्ट लर्निङको माध्यमबाट जोड्छ । यसले ग्राफिकल युजर इन्टरफेस (जीयूआई) जस्तै बटन, मेन्यू र टेक्स्ट फील्डसँग अन्तरक्रिया गर्न सिक्छ ।
अपरेटरले स्क्रिनशटहरूको माध्यमबाट ब्राउजरलाई 'हेर्न' सक्छ र माउस र किबोर्ड एक्सनमार्फत 'अन्तरक्रिया' गर्न सक्छ । यसको विशेषता के छ भने, यसका लागि कस्टम एपिआई इन्क्रिग्रेशनको आवश्यकता पर्दैन् । यदि अपरेटरले कुनै समस्या वा गल्तीको सामना गर्छ भने, यसले आफ्ना रिजनिङ क्षमताहरू प्रयोग गरेर आफूलाई सुधार गर्न सक्छ ।