कीवर्डहरू -

चीनमाथि ओपनएआईको कारबाही, सामाजिक सञ्जाल निगरानीमा संलग्न अकाउन्टहरूमा प्रतिबन्ध

चीनमाथि ओपनएआईको कारबाही, सामाजिक सञ्जाल निगरानीमा संलग्न अकाउन्टहरूमा प्रतिबन्ध

चिनियाँ एआई च्याटबोट डीपसीकले अमेरिकामा मच्चाएको हलचलपछि, चीनमाथि अमेरिकी कम्पनीहरूको कडाइ रोकिने छाँटकाँट देखिएको छैन् ।

अब नयाँ कारबाही ओपनएआईले चालेको छ । ओपनएआईले चीनसँग सम्बन्धित धेरै अकाउन्टहरूमा प्रतिबन्ध लगाएको छ ।

कम्पनीको थ्रेट इन्टेलिजेन्स रिपोर्टमा खुलासा भएको छ कि ती अकाउन्टहरू सामाजिक सञ्जाल अनुगमन सम्बन्धी गतिविधिमा संलग्न थिए ।

रिपोर्टअनुसार, ती अकाउन्टहरू सोशल मिडिया लिसनिङ टुलको लागि डिस्क्रिप्सन उत्पन्न गरिरहेका थिए । दाबी गरिएको छ कि यो उपकरण पश्चिमी मुलुकहरूमा भइरहेका विरोध प्रदर्शनहरूको वास्तविक–समय प्रतिवेदन (रियल–टाइम रिपोर्ट) तयार गर्न तथा चिनियाँ सुरक्षा एजेन्सीहरूलाई पठाउन प्रयोग गरिँदै थियो ।

ओपनएआईले भनेको छ, “यी अपरेटरहरूले हाम्रो मोडेलको प्रयोग गरेर आफ्नो इनसाइट्स चिनियाँ दूतावासहरू तथा गुप्तचर एजेन्सीहसम्म पुगेको छ वा छैन भन्ने पत्ता लगाउने प्रयास गरे । यो निगरानी अमेरिका, जर्मनी, बेलायत लगायतका धेरै देशहरूमा भइरहेको थियो ।"

जाँचका क्रममा पत्ता लाग्यो कि प्रयोगकर्ताहरू यो उपकरणका लागि कोड डिबगिङ गर्न पनि ओपनएआईको मोडेल प्रयोग गरिरहेका थिए । यद्यपि, यो उपकरण कुनै अर्को एआई मोडेलमा आधारित थियो, तर यसको प्रयोग ओपनएआईको नीतिविपरीत रहेको पाइयो ।

ओपनएआईले बतायो कि कम्पनीको गाइडलाइन्स अनुसार, कुनै पनि प्रकारको अनधिकृत निगरानी (अनअथोराइज्ड सर्विलान्स), सञ्चार निगरानी  वा व्यक्तिगत स्वतन्त्रता दबाउन एआईको प्रयोग गर्न पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ ।