कीवर्डहरू -

नेपालपेबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने अवसर

नेपालपेबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने अवसर

नेपाल पेबाट क्यूआर स्क्यान गरेर बिगमार्टमा भुक्तानी गर्दा एकथान हिरो स्कुटर जित्न सकिने भएको छ । कम्पनीहरुबिच भएको सम्झौताअनुसार सेवाग्राहीले वस्तुको खरिदपछि नेपालपे बाट पोखरमा खुलेको बिगमार्टका नयाँ स्टोरमा रकम भुक्तानी गर्दा स्कुटर जित्न सकिने भएको हो ।

यो अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पर्स्याङ्ग स्टोरहरुमा फाल्गुन १९ देखि चैत १७ गनेसम्मका लागि उपलब्ध रहेको बताइएको छ । पोखरामा रहेका बिगमार्टका स्टोरहरुमा ७५० रुपैयाँभन्दा माथिको सामान खरिद गर्दा स्टोरमा रहेको क्यूआरमार्फत भुक्तानी गर्दा यो अवसर पाउने बताइएको छ ।

ग्राहकहरुले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, अधिकांश विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपाल पेबाट क्यूआर गर्न सक्नेछन् । नेपाल पे नेशनल पेमेन्ट स्वीच अन्तर्गत क्यूआर भुक्तानीलाई  एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो ।