कीवर्डहरू -

आईतबार मिनी एडटेक एआई कन्फेरेन्स हुँदै

आईतबार मिनी एडटेक एआई कन्फेरेन्स हुँदै

आईतबार मिनी एडटेक एआई कन्फेरेन्स आयोजना हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रोबोटिक्स एशोशिएसन नेपाल र प्रिमियर इन्टरनेसनल आईबी स्कुलको सहकार्य पुस २२ गते आईतबार खुमलटारमा मिनी एडटेक एआई कन्फेरेन्स आयोजना हुने भएको हो । 

रोबोटिक्स एण्ड एआई कन्फेरेन्सको प्रिईभेन्ट रूपमा प्रिमियर इन्टरनेसनल आईबी स्कुलमा सञ्चालन हुने मिनि कन्फेरेन्सको थिम द फ्यूचर अफ एजुकेसन विथ एआई रहेको छ । कन्फेरेन्समा शिक्षामा एआईको महत्त्वका विषयमा छलफल हुनेछ । 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन आउनेछन् भने अन्य विशिष्ट व्यक्तिहरूको समेत सहभागीता रहने छ । 

कन्फेरेन्समा एआइले विद्यालयको शिक्षामा कसरी प्रभाव पारेको छ ? शिक्षा र प्रविधिलाईसँगै कसरी लान सकिन्छ र शिक्षाको नैतिक पाटो जस्ता विषयमा छलफल हुने आयोजकले जनाएको छ । 

कन्फेरेन्समा की स्पीकरको रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव इन्दु विक्रम जोशी रहेका छन् भने प्रस्तुतकर्ताको रूपमा रोबोटिक्स एशोशिएसन नेपालका प्रबन्धक इन्जनियर रिसभ राज र लेट रोबोटिक्सका सीईओ जेरी ट्यान रहेका छन् । 

कार्यक्रममा रोबोटिक्स, एआइ व्यवसाय र एकेडेमियाको बारेमा प्यानल डिस्कसन पनि सञ्चालन हुनेछ, जसमा प्यानलिस्टको रुपमा गुगल एजकेसन ग्रुपका सुशील उप्रेती, अध्ययन स्कूलका प्रिन्सिपल सन्दीप शर्मा, फ्युजमेसिन्स नेपालका एआई एजुकेशन लीड रोजेश सिखराकार र एकजना अन्तर्राष्ट्रिय वक्ता हुनेछन् । यो सेसनलाई रोबोटिक्स एसोसिएसन अफ नेपाल (सुदूरपश्चिम) का अध्यक्ष  दीपक विष्टले सहजीकरण गर्नेछन् । 

योसँगै कार्यक्रममा कक्षा ९ देखि १२ का विद्यार्थीहरुलाई लक्षित तीन दिने रोबोटिक्स तथा एआइ वर्कशप पनि सञ्चालन हुनेछ । मिनी कन्फेरेन्सलाई जूम र फेसबुकबाट समेत प्रत्यक्ष प्रसारण गरिने छ ।

null