कीवर्डहरू -

पठाओले थप्यो कार प्लस सुविधा, एसी जडित प्रिमियम कारमा यात्रा गर्न पाइने

पठाओले थप्यो कार प्लस सुविधा, एसी जडित प्रिमियम कारमा यात्रा गर्न पाइने

५ वर्षदेखि राइड सेयरिङ सुविधा दिइरहेको पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरू गरेको छ । कम्पनीले पठाओ कार (ट्याक्सी) भित्र नै कार प्लसको फिचर थप गरेको हो ।

पठाओले प्रिमियम राइड लिन चाहने ग्राहकहरूका लागि यस्तो फिचर्स ल्याएको हो । नयाँ फिचर्स कुनै पनि पठाओ कार राइड बुक गर्ने बेला रोज्न सकिने कम्पनीले जनाएको छ

कार प्लसका गाडीहरू राम्रोसँग मेन्टेन गरिएका, एसीसहित फराकिलो सिट सुविधा सहित हुने पठाओ नेपालका  प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले  जानकारी दिए ।

यो फिचर हालको लागि काठमाडौँ उपत्यकामा मात्र लागु गरिएको र बाँकी सहरहरूमा समय अनुकुल विस्तार गरिने बस्न्यातको भनाइ छ ।