कीवर्डहरू -

भाइबरमा पनि अब एआईसँग च्याट गर्न र जानकारी लिन सकिने, इन्फ्लेक्शनसँग सहकार्य

भाइबरमा पनि अब एआईसँग च्याट गर्न र जानकारी लिन सकिने, इन्फ्लेक्शनसँग सहकार्य

लोकप्रिय म्यासेजिङ प्लेटफर्म राकुटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ।

‘कन्भर्सेसन इज द न्यू इन्टरफेस’ भन्ने मूल मन्त्र अँगाल्दै सुरु भएको यस सहकार्यको परिणामस्वरूप भाइबरले विश्वभरका आफ्ना लाखौं प्रयोगकर्ताहरूका लागि अत्याधुनिक कन्भर्सेसनल एआई ल्याउनेछ । 

राकुटेन भाइबरका ग्लोबल मार्केटिङ र ग्रोथका वाइस प्रेसिडेन्ट अटानस रेकोभले प्रयोगकर्ताहरूहरूको सहजताका लागि शक्तिशाली र हाइली कन्भर्सेसनल एआई असिस्टेन्टहरू ल्याएको बताए । 

भाइबर प्रयोगकर्ताहरूले एडभान्स कन्भर्सेसनल क्षमताहरूमार्फत् मेसेजिंग एक्सपीरियंस वृद्धि गर्दै पीआईमा एक्सेस प्राप्त गर्ने छन् ।

पर्सनल इन्टेलिजेन्स अर्थात् पीआई नाम अनुसार नै प्रयोगकर्ताहरूसँगको कुराकानीमा एक्सेप्सनल इम्प्याथी र सपोर्टिभ पर्सनालिटीको प्रवेश गराउने छ । इन्फ्लेक्शनद्वारा संचालित यो इन हाउस-बिल्ट इन्फ्लेक्शन-२.५ लार्ज ल्याङ्ग्वेज मोडेल, कि इन्डस्ट्री बेन्चमार्कहरूका आधारमा विश्वकै बेस्ट फाउन्डेसन मोडेलहरू जस्तै भएको दावी गरिएको छ ।

यसबाट भाइबर प्रयोगकर्ताहरूले सल्लाह माग्न, अप-टु-डेट जानकारी लिन वा केवल च्याट गर्न पनि सक्छन् । पीआईले आफ्ना विचारहरू अर्गनाईज  गर्न, स्पष्ट योजनाहरू बनाउन, जागिर र करिअर सम्बन्धि कुरा गर्न तथा स्वस्थ बन्न सघाउने, नयाँ सीप सिकाउने,लेटेस्ट  समाचारहरू जान्न वा केवल च्याट गर्ने मुड भए त्यो पनि गरेर मद्दत गर्नेछ । अब पीआई चौबीसै घण्टा भाइबर प्रयोगकर्ताहरूका लागि एउटा नजिकको साथीको रूपमा उपलब्ध हुनेछ । 

नयाँ पर्सनल एआई सँगसँगै यस प्लेटफर्ममा सबै प्रयोगकर्ताहरूलाई अर्को तीन महिनाका लागि साथीहरूसँग कन्भर्सेसन् गर्दा र पीआईसँगका च्याटहरूमा प्रयोग गर्नका लागि पीआई- इन्सपायर्ड स्टिकरहरू पनि उपलब्ध छन्। प्रयोगकर्ताहरूले ‘आई क्यान हेल्प यु’, ‘लेट्स टक’, ‘हाई फ्रेन्ड’ र ‘लभ यू’ जस्ता एक्सप्रेसिभ, सहयोगी र फ्रेन्डली लाइन भएका स्टिकरहरू मार्फत् च्याटमा सकारात्मक मेसेजहरू पनि देखाउन सक्ने छन् ।