कीवर्डहरू -

फोनपेको ‘फोनपे गर्ने हो’ अभियान, डिजिटल भुक्तानी गर्दा स्मार्टफोन जित्ने मौका

फोनपेको ‘फोनपे गर्ने हो’ अभियान, डिजिटल भुक्तानी गर्दा स्मार्टफोन जित्ने मौका

नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले फोनपेले ‘फोनपे गर्ने हो’ नामक नयाँ अभियानको घोषणा गरेको छ । 

फोनपे सँग ‘सहज भुक्तानी विधि अप्नाउँदै नयाँ वर्ष २०२४ सुरु गरौँ’ भन्ने मुल सन्देशमा आधारित यस अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र फोनपेको सुरक्षित र सुविधाजनक माध्यम अप्नाउन प्रोत्साहन गर्ने फोनपेले जनाएको छ । 

पुस १३ देखि पुस १७ गतेसम्म चल्ने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोनपेको फोनपे क्यूआर अथवा फोनपे  डिरेक्ट सेवा, अभियान समय अवधि भर पाँच पटक सम्म प्रयोग गर्नु पर्ने सर्त लागु गरिएको छ । त्यसको साथसाथै, फोनपे क्यू आर वा फोनपे डिरेक्ट, दुबै सेवा ५ पटक सम्म प्रयोग गरेर पनि ग्राहकहरुले अभियानमा सहभागिता जनाउन सक्ने छन् ।

यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई एमआई साओमी १२ स्मार्टफोनको मेगा उपहारबाट पुरस्कृत गरिने छ ।

अभियानको उदेश्यका बारेमा फोनपेका चिफ स्ट्राटेजि अफिसर सुवोद शर्माले सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोनपे सदैव तयार रहेको बताए ।