फोनपेले लोकप्रिय आइसक्रीम ब्राण्ड बास्किन-रोबिन्ससँगको सहकार्यमा आफ्नो नयाँ अभियान "फोन पे स्कुप एण्ड सेभ" को घोषणा गरेको छ। अभियान २५ अगस्टबाट सुरु भएको छ भने कन्ट्याक्टलेस पेमेन्टका फाइदाहरूलाई एक आकर्षक अफर मार्फत प्रकाशमा ल्याउन लक्ष्य लिइएको जनाइएको छ । FoneTAG मार्फत भुक्तानी गर्ने ग्राहकहरूले नेपालभरिका १८ बास्किन-रोबिन्स आउटलेटहरूमा ५० प्रतिशत क्यासब्षाक र रु २०० सम्मको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
यो अफरका लागि ग्राहकहरूले फोनपे एप वा FoneTAG सक्षम मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्नुपर्नेछ। यस एकीकृत सेवाले सजिलै र झन्झटविहीन लेनदेन प्रक्रिया सुनिश्चित गर्ने भन्दै कम्पनीले जसले इन्टरनेटको उपलब्धतासँग सम्बन्धित समस्याहरूलाई हटाउने जनाएको छ ।
यो प्रस्ताव नेपालभरिका १८ बास्किन-रोबिन्स आउटलेटहरूमा उपलब्ध हुनेछ, जसमा बुढानिलकण्ठ, सामाखुसी, महाराजगञ्ज, उत्तर्दोका, ठमेल, दरबारमार्ग, आइप्लेक्स मॉल (मिड-बानेश्वर), बत्तिसपुतली, पाटन दरबार स्क्वायर, लाबिम मॉल (पुल्चोक), झम्सिखेल, लेकसाइड (पोखरा), महेन्द्रपूल (पोखरा), बुटवल, बिरगञ्ज, विराटनगर, हेटौडा र भैँसेपाटी समावेश छन्।
“FoneTAG नेपालमा भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम हो, जसले हाम्रो प्रयोगकर्तालाई सजिलै contactless payment गर्न सक्षम बनाउँछ, सुविधाजनकता र पहुँच दुबैमा सुधार ल्याउँछ,' फोनपेका प्रमुख रणनीति अधिकारी सुभोद शर्मा भन्छन्, “हामी ‘FoneTAG Scoop and Save’ अभियानको लागि बास्किन-रोबिन्ससँग सहकार्य गर्न उत्साहित छौं। बास्किन-रोबिन्सको युवा र डिजिटल रूपमा संलग्न दर्शक वर्गको बलियो अपीललाई ध्यानमा राख्दा, यस सहकार्यले हामीलाई यस दर्शक वर्गमा पुग्न र FoneTAG लाई रमाइलो र निर्बाध भुक्तानी अनुभवको लागि प्राथमिक विकल्पको रूपमा प्रवर्द्धन गर्न मद्दत पुर्याउँछ।”