कीवर्डहरू -

इसेवा र होटल संघ नेपालसँग फोनपे भारतको साझेदारी, यूपीआईको प्रयोग बढाउने उद्देश्य

इसेवा र होटल संघ नेपालसँग फोनपे भारतको साझेदारी, यूपीआईको प्रयोग बढाउने उद्देश्य

नेपालको फोनपे नेटवर्कमा यूपीआईको प्रयोग बढाउने उद्देश्यले नेपाली नयाँ वर्षको उपलक्ष्यमा अप्रिल ११ देखि अप्रिल १४ सम्म हुन गइरहेको फेवा महोत्सवमा फोनपे भारतले नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र होटल संघ नेपालसँग साझेदारीको घोषणा गरेको छ ।

यस वर्ष, नेपालमा युपीआईको लोकप्रियता बढाउने बढाउने उद्देश्यले फोनपेले फेवा नयाँ वर्ष महोत्सवमा ग्राहकहरूमाझ युपीआईको प्रयोगले डिजिटल भुक्तानीमा हुने सहजता झल्काउने कार्य तथा स्थानीय व्यापारीहरू बीच डिजिटल भुक्तानीको बारेमा चेतना जगाउने उद्देश्यले थुप्रै गतिविधिहरू गर्दैछ । 

डिजिटल ब्रान्डिङका साथै डिजिटल भुक्तानी सेवा प्रयोग गर्ने तरिका सिकाउने तथा युपीआईमार्फत भुक्तानी सेवामा सहजता देखाउने उद्देश्यले अन्य अन्तरक्रियात्मक गतिविधिहरूको नेतृत्व इसेवा र भारतीय फोनपेले होटल संघ पोखराको सहकार्यमा गर्न लागेको जनाइएको छ । 

महोत्सवमा तीन हजारभन्दा बढी व्यापारीहरू सहभागी हुनुका साथै एक लाखभन्दा बढी अन्तरिक तथा अन्तराष्ट्रिय पर्यटकहरुले सहभागीता जनाउने अपेक्षा गरिएको छ । 
यस साझेदारीको बारेमा फोनेपे इन्टरनेशनल पेमेन्टका प्रमुख कार्यकारी निर्देशक रितेश पाईले प्रख्यात नेपाली महोत्सव फेवा नयाँ वर्ष महोत्सवमा इसेवा र होटल संघ नेपालसंग साझेदारी गरी नेपालमा युपीआई प्रणालीलाई लोकप्रिय बनाउन पाउदा निकै उत्साहित भएको बताए ।

‘हाम्रो फोकस नेपालमा फोनपे नेटवर्कमा युपीआईको स्थान सुनिश्चित गर्न व्यापारीहरूलाई सचेतना र जागरुकता सिर्जना गर्नमा केन्द्रित हुनेछ,’ उनले भने, ‘यो साझेदारीले नेपालको डिजिटल परिदृश्यमा परिवर्तन ल्याउनका साथै भारतीय फोनपे प्रयोगकर्ताहरूले जुनसुकै स्थानमा आफ्नो आवश्यकता अनुसार सहजै लेनदेन गर्न सक्नेछन्।’   

यसैगरी इसेवाका प्रमुख कार्यकारी निर्देशक जगदीश खड्काले फेवा नयाँ वर्ष महोत्सवका लागि फोनपे र होटल संघ नेपालको साझेदारी नेपालमा डिजिटल भुक्तानीलाई थप प्रवर्द्धन गर्ने सुनौलो अवसर भएको बताए । 

‘देशको अग्रणी डिजिटल वालेटका रूपमा डिजिटल भुक्तानी इकोसिस्टमलाई बढाउँदै र व्यापारीहरू तथा उपभोक्ताहरू दुवैका लागि सुविधाजनक समाधानहरू प्रदान गर्ने कुरामा हामी प्रतिबद्ध छौं,’ उनी भन्छन्, ‘नेपालमा युपीआई र फोनपे नेटवर्क प्रयोग गर्नुका फाइदाहरू र व्यापारीहरूलाई डिजिटल लेनदेनहरूका लागि सशक्त बनाउने र नेपालको डिजिटल अर्थतन्त्रको वृद्धिमा योगदान पुर्याउने गर्ने लक्ष्य राखेका छौं ।’

यसैगरी होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले १९ औँ फेवा नयाँ वर्ष महोत्सवले ३ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको र पोखरा घुम्न आउने पर्यटकहरूलाई होटलहरुमा २० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको जानकारी दिए । 

कार्यक्रममा बोल्दै फोनपे नेपालका प्रमुख कार्यकारी निर्देशक दिवास सापकोटाले नेपालमा फोनपे नेटवर्कमा युपीआई क्षमताहरूको एकीकरणलाई प्रवर्द्धन गर्न फोनेपे इन्डिया, इसेवा र नेपाल होटल व्यवसायी संघसँगको रणनीतिक साझेदारीले थप हौसला प्रदान गरेको बताए ।