कीवर्डहरू -

नेपाल सम्वत एल्गोरिदम बनाउने स्पाइरलजिक्सलाई प्रधानमन्त्रीद्वारा सम्मान प्रदान

नेपाल सम्वत एल्गोरिदम बनाउने स्पाइरलजिक्सलाई प्रधानमन्त्रीद्वारा सम्मान प्रदान

आईटी कम्पनी स्पाइरलजिक्सले अत्याधुनिक नेपाल सम्वत (एनएस) एल्गोरिदम बनाए वापत सम्मान प्राप्त गरेको छ । नेपाल सम्वत ११४४ को अवसर प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पाइरालोजिक्सलाई विशेष सम्मान प्रदान गरेका थिए । 

नेपाल सम्वत एल्गोरिदम नेपाल सम्वत पात्रोमा प्रयोग हुने एस्ट्रोनोमिकल गणना, वैज्ञानिक सिद्धान्त र गणितीय सटीकताको समाधान हो । कम्पनीले नेपाल सम्वत (एनएस) एल्गोरिदम विकास गर्दै महत्त्वपूर्ण भूमिका निभाएकोप्रति न्हु दया भिन्टुना ११४४ को अवसरमा प्रधानमन्त्रीबाट सम्मान प्रदान गरिएको थियो । 

स्पाइरलोजिक्सका सिटिओ सौनक रञ्जितकरले सम्मानका लागि खुसी व्यक्त गर्दै सामुहिक सहकार्यबाट एनएस एल्गोरिथ्म विकास गर्न सम्भव भएको बताए । 'स्पाइरलोजिक्सले इन्नोभेसनमा सधैं जोड दिएको छ । एनएस एल्गोरिदम रचनात्मकता र आर्टिफिसियल इन्टेलिजेन्सको समिश्रणबाट तयार भएको छ,' उनले भने, 'हाम्रो योगदानको लागि सम्मानित हुन पाउँदा  खुसी छौं । हाम्रो इतिहासको संरक्षण गर्न आवश्यक छ । त्यसैकारण एनएस एल्गोरिदम र एनएस एपले प्रविधि र सम्पदाको फ्युजनलाई प्रतिनिधित्व गर्दछ ।'

स्पाइरलोजिक्सले यो एल्गोरिदमको प्रयोग गरेर चाडपर्व, तिथी, सूर्योदय, सूर्यास्त र चन्द्रमा क्रसओभर जस्ता अन्य एस्ट्रोनोमिकल जानकारीहरू प्रदान गर्न एनएस एपको समेत विकास गरेको छ । 

दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नवप्रवर्तन र प्रगतिको बाटो तय गर्दै सोही एनएस एपको शुभारम्भ गरेका थिए । एक हजार भन्दा बढी वर्ष पहिलेका दूरदर्शी शङ्खदार साख्वाद्वारा प्रस्तुत गरिएको नेपाल संवत् एक स्वदेशी क्यालेन्डर हो ।

एनएएस एल्गाेेरिदम विकास गरेकाे स्पाइरलाेजिक्स अग्रणी सफ्टवेयर विकास गर्ने अग्रणी आईटी कम्पनी हाे । यसले नेपालसहित अमेरिका र भारतमा समेत सेवा प्रदान गरिरहेकाे छ ।