कीवर्डहरू -

जापानमा सिक्सजी चल्ने डिभाइस सार्वजनिक

जापानमा सिक्सजी चल्ने डिभाइस सार्वजनिक

जापानमा सिक्सजी चल्ने डिभाइस सार्वजनिक भएको छ । यो डिभाइस डोकोमो, एनटीटी कर्पोरेशन, एनईसी कर्पोरेशन र फुजित्सु जस्ता कम्पनीहरूको साझेदारीमा विकसित गरिएको हो ।

यी कम्पनीहरूले लामो समयदेखि यस उपकरणमा काम गरिरहेका थिए । रिपोर्टका अनुसार यो डिभाइसको गत महिना अप्रिल ११ मा सफलतापूर्वक परीक्षण गरिएको थियो । सिक्सजी हाल एउटै उपकरणमा परीक्षण भइरहेको छ । तर, यसको व्यावसायिक परीक्षण भने हुन सकेको छैन् ।

यस डिभाइसले फाइभजी भन्दा धेरै उच्च गतिमा काम गर्न सक्ने छ । यसले १०० गिगाबिट प्रति सेकेन्डको गतिमा डाटा ट्रान्समिट गर्न सक्ने जनाइएको छ । 

जापानले संसारको पहिलो सिक्सजी उपकरणको प्रोटोटाइप प्रस्तुत गरेको छ । यसले फाइभजी भन्दा २० गुणा छिटो काम गर्छ । यो डिभाइसले ३०० फिट सम्मको क्षेत्र कभर गर्न सक्षम छ । धेरैले यो डिभाइस स्मार्टफोन होला भन्ने अनुमान गर्नु भएको होला । तर यो उपकरण स्मार्टफोन होइन ।

धेरै देशहरू सिक्सजी जडानमा काम गरिरहेका छन् ।  यसमा प्रयोगकर्ताहरूले फाइभजी भन्दा पनि छिटो कनेक्टिभिटी पाउनेछन् । प्रयोगकर्ताहरूले सेकेन्डमा कुनै पनि कार्य पूरा गर्न सक्षम हुनेछन् । 

तर विश्वका अधिकांश देशमा अझै पनि फाइभजी नै पूर्ण रूपमा व्यवसायीक प्रयोगमा आउन सकेको छैन् ।