कीवर्डहरू -

आईओएसमा थ्रीडी भिडियो बनाउनका लागि सार्वजनिक भयो निःशुल्क एप

आईओएसमा थ्रीडी भिडियो बनाउनका लागि सार्वजनिक भयो निःशुल्क एप

सित्तैमा थ्रीडी भिडियोहरू बनाउन मद्दत गर्ने एप सार्वजनिक भएको छ । डोली नामको एप सार्वजनिक गरिएको छ जसले कुनै पनि फोटोलाई थ्रीडीमा रूपान्तरण गर्न सक्छ, यद्यपि यो एप हाल आइफोन प्रयोगकर्ताका लागि मात्रै छ । डोली एप फ्रान्सेली स्टार्टअप एनिएमएलले लन्च गरेको हो । यो एप निःशुल्क डाउनलोड गरी प्रयोग गर्न सकिन्छ ।

डोली एपले टूडी फोटोलाई थ्रीडी भिडियोमा रूपान्तरण गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्छ । सामान्यतया न्यूरल रेडियन्स फिल्ड (एनईआरएफ) थ्रीडी रेन्डरिङका लागि प्रयोग गरिन्छ तर डोलीले यसका लागि गसियन स्पलाटिङ् प्रयोग गरिरहेको छ ।

एप स्टोरमा रहेको लिस्टिङका अनुसार डोली एप प्रयोग गर्न निकै सजिलो भनिएको छ तर वास्तवमा यो अलि गाह्रो छ किनकी तपाईले एउटै कुरा धेरै पटक स्क्यान गर्नुपर्ने हुन्छ । भिडियोको गुणस्तर पनि रेन्डर गरेपछि बिग्रन्छ । एप स्टोरमा दिइएको जानकारी अनुसार डोली विशेषगरी साना व्यवसाय वा अनलाइन स्टोर सञ्चालन गर्नेहरूका लागि ल्याएको हो ।

डोली मार्फत तपाईले सजिलै भिडियोहरू बनाउन सक्नुहुन्छ तर एउटा मात्र भिडियो डाउनलोड गर्न सक्नुहुन्छ । त्यसपछि भिडियो डाउनलोड गर्न पैसा तिर्नुपर्नेछ र डोली प्लसको सदस्यता लिनुपर्नेछ ।