कीवर्डहरू -

आइओइ हल्ट प्राइजको सहयोगमा पुल्चोक गर्ल्सले इम्प्याक्ट म्याराथन आयोजना गर्दै

आइओइ हल्ट प्राइजको सहयोगमा पुल्चोक गर्ल्सले इम्प्याक्ट म्याराथन आयोजना गर्दै

आइओइ हल्ट प्राइजको सहयोगमा पुल्चोक गर्ल्सले इम्प्याक्ट म्याराथन आयोजना गर्ने भएको छ । आइओईमा हल्ट प्राइजको सहयोगमा आयोजना गरिएको इम्प्याक्ट म्याराथनको यो दोस्रो संस्करण हो । 

आगामी इम्प्याक्ट म्याराथनका लागि मार्ग पाटनको रमणीय परिदृश्यमा हुनेछ, जसले सहभागीहरूलाई सशक्तिकरण र सकारात्मक प्रभावप्रति संस्थाको प्रतिबद्धता झल्काउने रमणीय यात्रा प्रदान गर्ने आयोजकको भनाइ छ । 

यो म्याराथन पुल्चोक फुटबल मैदान – लबिम मल – पाटनढोका – ज्वागल – युएन पार्क – कुपन्डोल – पुल्चोक फुटबल मैदान रुटमा हुनेछ । इम्प्याक्ट म्याराथन  माघ ६ मा आयोजना हुनेछ । ६ किलोमिटरको परिक्रमामा लाग्ने यो रुटले ललितपुरको चाकुपाटको मुटु हुँदै यात्राको अघि बढनेछ । यस कार्यक्रममा सहभागी हुन् यहाँ क्लिक गरी दर्ता गर्नुहोस् ।

पुल्चोक गल्र्स एक समावेशी र सशक्तिकरण समुदाय हो जुन नेतृत्व कौशल विकास गर्ने, व्यावसायिक विकासलाई बढावा दिन र यसका सदस्यहरू बीच लैङ्गिक समानताको वकालत गर्ने उद्देश्यले स्थापना गरिएको हो ।