कीवर्डहरू -

क्यूआर कोड र बारकोडमा के छ भिन्नता ?

क्यूआर कोड र बारकोडमा के छ भिन्नता ?

हाम्रो जीवनको धेरै पाटो डिजिटलीकरण भएको छ । खाना अर्डर गर्नेदेखि लिएर किनमेल गर्ने सबै कुरा घरमै बसेर गर्न सकिन्छ । यी सबैको लागि भुक्तान गर्न, हामी प्रायः क्यूआर कोड प्रयोग गर्छाैं र कहिलेकाहीँ हामीले बार कोड शब्द पनि प्रयोग भएको सुन्ने गरेका छौँ । 

तर के तपाईंले कहिल्यै जान्न प्रयास गर्नुभएको छ कि यी दुईमा के भिन्नता छ ? धेरैले यी दुईलाई एउटै ठान्छन् । तर वास्तविकतामा यी दुईमा धेरै भिन्नता छ । आज हामी तपाईलाई यसैको बारेमा बताउन गइरहेका छौँ ।

क्यूआर कोड भनेको के हो ?

क्यूआर कोडलाई अर्को शब्दमा क्वीक रिस्पोन्स पनि भनिन्छ । सामान्यतया यसलाई बार कोडको एडभान्स्ड संस्करण मानिन्छ । यो स्क्वायर आकारमा हुन्छ । यसमा, बार कोडको तुलनामा धेरै जानकारी एक साथ भण्डारण गर्न सकिन्छ ।

उपयोगः यो भुक्तानी गर्न प्रयोग गरिन्छ ।

बार कोड भनेको के हो?

बार कोडले क्यूआर कोडको तुलनामा कम जानकारी भण्डारण गर्न सक्छ । तर यो विधि वर्षौंदेखि चल्दै आएको छ । यो सन् १९७४ मा सुरु भएको थियो र यो व्यापारिक कामको लागि ल्याइएको थियो । बार कोड अप्टिकल डिभाइसमार्फत पढ्न सकिन्छ । बारकोड समानान्तर रेखाबाट बनेको हुन्छ । यी रेखाहरू यसको मुख्य पहिचान हो ।

प्रयोगः बार कोड कुनै पनि वस्तु बारे जानकारी स्टोर गर्न प्रयोग गरिन्छ । यो सामान्यतया उत्पादनहरूमा देखिन्छ ।