घिबली शैलीमा फोटो बनाउन मिल्ने सुविधा आएपछि हालका केही दिनयता च्याटजीपीटीको प्रयोग गरेर नक्कली आधार र प्यान कार्ड समेत बनाइएका छन्। इन्टरनेट मिडिया (सोशल मिडिया) मा मानिसहरूले यस्तो नक्कली आधार र प्यान कार्ड बनाएर बाँडफाँड गर्न थालेका छन् । यद्यपि डिजिटल पहिचानमा छेडछाड गर्न स्क्यामरहरूसँग पहिले नै विभिन्न उपकरणहरू थिए, तर एआईमार्फत यो काम जुन सहजतासँग भइरहेको छ, त्यसले सुरक्षा सम्बन्धी चिन्ता बढाउनु स्वाभाविक हो ।
यसबाट बच्नका लागि हामीले बुझ्न जरुरी छ कि नयाँ प्यान कार्ड (प्यान २.०) दुबैमा एण्टी–फ्रड फिचर्स समावेश गरिएका छन्, जसले कार्डको नक्कली प्रतिलिपि बनाउनु वा केवाइसी प्रक्रियालाई बाइपास गर्नु सजिलो छैन। यी कार्डहरूमा ट्यापर–प्रूफ क्युआर कोड, होलोग्राम, माइक्रोटेक्स्ट र नयाँ लोगो जस्ता फिचरहरूले थप सुरक्षा प्रदान गर्छन्। तर जेनरेटिभ एआई उपकरणहरूले जुन किसिमका यथार्थजस्तै देखिने फोटो, लोगो र डिजाइन बनाइरहेका छन्, त्यसले साइबर ठगहरूका लागि उपयोगी हतियार बनाएको छ ।
एआईको दुरुपयोग यहीँसम्म सीमित छैन। म्याकएफीको एक हालको रिपोर्ट अनुसार, एआई आधारित रोमान्स स्क्याम, नक्कली डेटिङ एपहरू र डीपफेकजस्ता ठगीका घटनामा अत्यधिक वृद्धि भएको छ ।
पहिले र अहिलेका साइबर फ्रडको फरक यही हो कि अब साइबर अपराधीहरूलाई समय र स्रोत दुबैमा एआईबाट फाइदा भइरहेको छ । केही कोड गरिएको निर्देशनहरूबाट विश्वव्यापी फिशिङ अभियान सजिलै तयार गर्न सकिन्छ । यसले सजिलै विभिन्न भाषामा यन्त्रगत अनुवाद सम्भव बनाएको छ, व्याकरणका त्रुटिहरू हटाएर फिशिङ स्क्यामलाई यथार्थ देखिने सन्देशमा परिणत गर्न सकिन्छ ।
केही विशेष प्रकारका स्क्यामहरूमा च्याटबोटको सफलता दर ६० प्रतिशतसम्म बढी हुन्छ । त्यसैगरी स्क्यामरहरूले डाटामा ढाँचाहरू (प्याटर्न) को पहिचान गर्न र विशाल डेटा सेटहरूबाट संवेदनशील जानकारी निकाल्न एआईको प्रयोग गर्न सक्छन् । यसले सिन्थेटिक आइडेन्टिटी फ्रड, डीपफेक स्क्यामजस्ता जोखिमलाई निकै बढाएको छ ।
कम्प्युटरको सुरुआतसँगै जनसाधारण र साइबर अपराधीबीच एक अदृश्य युद्ध चलिरहेको छ । समयसँगै यो संघर्ष थप व्यापक र जटिल बनेको छ । साइबर क्राइम म्यागजिनका अनुसार, साइबर अपराधका कारण सन् २०२५ को अन्त्यसम्म विश्वव्यापी रूपमा १० ट्रिलियन डलरसम्मको नोक्सानी हुनसक्छ । डेटा ब्रीच र ह्याकजस्ता साइबर आक्रमणबाट ६० प्रतिशत साना व्यवसायहरू ६ महिनाभित्रै धराशायी हुन थाल्छन् ।
आजको सबैभन्दा चर्चित प्रविधि, जुन प्रत्येक संस्थाका लागि आईटी टूलबक्स बनिरहेको छ, उही प्रविधि साइबर अपराधीहरूका लागि सबैभन्दा खतरनाक हतियार बन्न थालेको छ । एआई वा मेशिन लर्निङ्ग एल्गोरिदमले अपराधहरूमा स्वचालन (बगतयmबतष्यल) र तीव्रता प्रदान गरिरहेको छ । यदि तपाईंका साथ हालैका दिनहरूमा स्क्याम वा फ्रडको प्रयास भएको छ भने, त्यसमा एआईको उपयोग भएको हुनसक्ने सम्भावना बलियो छ ।
५१ प्रतिशत व्यक्तिहरूले एउटा सर्वेक्षणमा स्वीकारे कि च्याटबोटमार्फत वास्तविक व्यक्तिको भ्रम दिन, नक्कली प्रोफाइल बनाउने, र भावनात्मक सन्देशहरूद्वारा फसाउने प्रयास गरिएको थियो । यो हिसाबले हेर्दा टेक्स्ट, अडियो, भिडियो, इमेज, इमेल — सबैमा एआई आधारित स्क्यामहरूको बाढी आएको छ ।
हाम्रो दैनिक जीवनमा एआईको संलग्नता बढ्दैछ । संवेदनशील फाइनान्सियल एपहरूमा पनि अब मानिसहरूले च्याटजीपीटीसँग प्रश्न सोध्न थालेका छन् । आजका एआई सुविधाहरूले बजेट योजना र बचतमा समेत सुझाव दिन थालेका छन् । तर एआई प्रविधि साइबर अपराधीहरूका हातमा पुगेपछि डिजिटल फ्रडको एउटा संसार निर्माण भएको छ । यसबाट जोगिन हामी सतर्क र तयार हुनु अत्यावश्यक छ ।
साइबर अपराधका कारण विश्वव्यापी रूपमा १० ट्रिलियन डलरसम्मको नोक्सानीको अनुमान गरिएको छ ।
६० प्रतिशत साना व्यवसायहरू डेटा ब्रीच वा ह्याकका कारण ६ महिनाभित्र बन्द हुने खतरा समेत देखिएको छ।
कस्ता छन् संभावित खतरा?
क्रिडेन्शियल स्टफिङः एआई पावर्ड बोटले विभिन्न प्लेटफर्महरूबाट प्रयोगकर्ताका लगइन विवरण सजिलै नक्कल गर्न सक्छन् । पासवर्ड पुनः प्रयोग गरेर अवैध पहुँच मिलाउन सक्छन् ।
एडभान्स फिशिङ अट्याकः पारम्परिक स्प्याम फिल्टर पार गरेर एआईले प्रयोगकर्ताको व्यवहारको विश्लेषण गरेर आकर्षक इमेल वा सन्देश तयार गर्न सक्छ ।
डीपफेकः एआईबाट अडियो र भिडियो सामग्रीमा सजिलै छेडछाड सम्भव हुन्छ । फर्जी सामग्रीलाई यथार्थजस्तो बनाएर भाइरल गराई सन्देह र अनिश्चितता फैलाउन सकिन्छ ।
डेटामा छेडछाडः ह्याकरहरूले एआई एल्गोरिदममा गलत वा दुर्भावनापूर्ण डेटा हालेर नकारात्मक परिणाम निकाल्न सक्छन् ।
प्रिडिक्टिभ अट्याकः एआईले प्रयोगकर्ताको व्यवहारको ढाँचालाई विश्लेषण गरेर साइबर आक्रमणको समय, वित्तीय कारोबार वा निजी जानकारी चोर्न सजिलो बनाउँछ ।
स्वचालित सोशल इन्जिनियरिङः सामाजिक सञ्जाल र सार्वजनिक रूपमा उपलब्ध डेटाको विश्लेषण गरेर एआईले प्रभावकारी सोशल इन्जिनियरिङ्ग क्याम्पेन तयार गर्न सक्छ ।
एआई स्क्यामबाट कसरी जोगिने?
जसरी हामी मानिसहरूबाट हुने ठगीप्रति सतर्क रहन्छौं, त्यसैगरी एआई स्क्यामप्रति पनि सतर्क रहनुपर्छ । बैंक खातामा मल्टी–फ्याक्टर अथेन्टिकेशन, क्रेडिट रिपोर्टको निगरानी र आइडेन्टिटी थेफ्ट प्रोटेक्शनप्रति सचेत रहनु आवश्यक छ ।