कीवर्डहरू -

रासन टेक्नोलोजी : नेपाली खुद्रा विक्रेता र उत्पादकहरूको सम्बन्धलाई परिभाषित गर्दै

रासन टेक्नोलोजी : नेपाली खुद्रा विक्रेता र उत्पादकहरूको सम्बन्धलाई परिभाषित गर्दै

कुनै वस्तु वा सेवाको मार्केटिङ गर्ने उत्तम थलो नै अनलाइन बनिरहेकै बेला अनलाइनमै खरिदविक्री हुनु अचम्म रहेन । सूचना, सञ्चार र प्रविधिको बहुआयामिक प्रयोगले मानिस सुविधाभोगी बन्दैछन् । इन्टरनेट अहिले खुद्रा व्यापारको केन्द्र बनेकोमा आशंका छैन ।

नेपालमा पनि नेपाल दूरसञ्चार प्राधिकरणको जुलाइ २०२१ को रिपोर्ट अनुसार करिब ९०.५६ प्रतिशत नेपालीहरुमा इन्टरनेटको पहुँच पुगिसकेको छ । कम्प्युटर वा मोबाइल छ भने क्लिककै भरमा तपाईंको घरसम्मै सामान आइपुग्छन् ।

आफैं बजार गएर सामान किन्नुपर्ने, विभिन्न बिल तिनुपर्ने काम यो पिँढीका लागि झन्झट नै रहेन अब । प्रविधिमा अभ्यस्त पुस्तामात्रै होइन, यसको प्रयोगमा बामे सर्दै गरेका उपभोक्ता पनि ई–कमर्सका पारखी बन्दै छन् ।

कस्टोमाइजेसन देखि सामान फर्काउने नियमावली र समयमै सामान डेलिभरी गर्न थालेपछि सप्लाइ चेन व्यवस्थापन प्रणालीले एकदमै राम्रो गरिरहेको छ ।

यही कुराको महत्वलाई बुझी नेपालमा रासन टेक्नोलोजिज प्रालिको स्थापना गरिएको हो । रासन टेक्नोलोजिज प्रालि व्यवसाय देखि व्यवसाय (बिटुबी) सप्लाइ चेन व्यवस्थापन गर्ने कम्पनी हो । स्थापनाको एक वर्ष भएको रासन ४ हजार रिटेल शपमा पुगिसकेको छ । 

null

रासनको प्रबन्ध निर्देशक मिलन गौतम बताउँछन्, ‘रासन एक अनलाइन ई कमर्स प्लेटफर्म हो । यसले किराना पसलहरुलाई निर्मातासँग जोड्ने काम गर्छ ।’ किराना पसल हुनेहरुले पनि रासन एप मार्फत सामान मगाउन सक्छन् । 

व्यवसायीहरुको मर्म बुझी सुरु गरिएको रासन टेक्नोलोजिजमा कम्पनीका प्रतिनिधिहरु आफै प्रडक्ट निर्माताकोमा गएर सामानको 'बारगेनिंग' गरि उचित मूल्यमा खरिद गरी ल्याएर खुद्रा विक्रेतालाई सामान दिने गर्दछन् ।

कम्पनीले हालसम्म १५ हजार खुद्रा विक्रेतालाई सेवा प्रदान गरिसकेको छ । यसैगरी कम्पनीको सक्रिय एप प्रयोगकर्ता पनि ९ हजार बढि रहेको कम्पनीको दावी छ । 

“‘भोल्युम बेस्ड प्राइसिंग’ रहेकाले हाम्रो प्लेटफर्ममा पारदर्शीता हुने गर्दछ जसले गर्दा एउटा खुद्रा पसल गर्नेलाई एक मूल्य र अर्काेलाई भिन्नै भन्ने किसिमको विभेद हाम्रो प्लेटफर्ममा हुँदैन् ।”, गौतमले बताए । 

रासनको मोबाइल एप र वेबसाइटबाट व्यवसायीहरूले एफएमसीजी र ग्रोसरी सामानहरू अर्डर गर्न सक्छन् । त्यसपछि व्यवसायीको पसलसम्मै उक्त सामान पुग्ने छ । रासन टेक्नोलोजिजले पब्लिक कम्पनीमा रूपान्तरण हुने योजना बनाएको छ । कम्पनीले एक दशक भन्दा बढि समय इन्फोरमेसन टेक्नोलोजी, डिजिटल मार्केटिंग, सेल्स तथा लोजिस्टिक उद्योगमा योगदान पुर्याएको छ । 

‘नेपालको ग्रोसरी तथा खानेकुराको ८० प्रतिशत बजारलाई खुद्रा विक्रेताले चलाउने गरेका छन् ।’, उनले भने ‘यस्तो ठूलो बजार खुद्रा विक्रेताले चलाए पनि एउटै प्लेटफर्ममा जोड्ने कुनेपनि माध्यम नरहेको देखेरै रासनको सुरुवात गरिएको हो । ’

रासन एप दुवै एन्ड्रोइड तथा आइओएसका लागि उपलब्ध रहेको छ । यसलाई प्रयोग गर्न सुरुमा एप डाउनलोड गर्नुपर्छ र त्यहाँ दिइएको फार्म भरेपछि  सबै सामान एपमै देख्न सकिन्छ जहाँबाट खुद्रा विक्रेताहरुले सामान किन्न सक्छन् । 

रासन टेक्नोलोजी आइसिटी अवार्ड २०२३ को स्टार्टअप आइसटी अवार्ड विधा अन्र्तगत उत्कृष्ट पाँच स्टार्टअपमा पर्न सफल भएको छ । कम्पनीलाई भोट गर्नका लागि सर्वप्रथम हाम्रो पात्रो एप डाउनलोड गर्नुहोस् । यहाँबाट हाम्रो पेमा गई भोटिङमा क्लिक गर्नुहोस् र आइसिटी अवार्ड छनौट गर्नुहोस् ।

अब अवार्डको विधा छानेर स्टार्टअप आइसटी अवार्ड २०२३ अप्सनमा जानुहोस् । त्यहाँ पुगेर तपाईले रासन टेक्नोलोजीलाई भोट गरी डिसेम्बर २२, २०२३ मा हुन गइरहेको आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनालेमा विजयी बनाउन सक्नुहुनेछ ।