कीवर्डहरू -

भारतीय उद्योगपति रतन टाटाको निधन, स्टार्टअप इकोसिस्टम विकासमा थियो महत्त्वपूर्ण योगदान

भारतीय उद्योगपति रतन टाटाको निधन, स्टार्टअप इकोसिस्टम विकासमा थियो महत्त्वपूर्ण योगदान

भारतका प्रशिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । बुधबार राति ८६ वर्षको उमेरमा मुम्बईको ब्रिच क्याण्डी अस्पतालमा निधन भएको हो । 

टाटाको जन्म सन् १९३७ मा भएको थियो । कोरनेल विश्वविद्यालयबाट आर्किटेक्चर इन्जिनियरिङमा स्नातक गरेका थिए । 

त्यसपछि सन् १९६२ मा टाटा ग्रुप जोइन गरेका थिए । टाटा ग्रुपलाई विश्वमा स्थापित गर्न रतन टाटाको भूमिका उल्लेखनीय छ । 

सन् १९९१ देखि सन् २०१२ सम्म रतन टाटाले टाटा सन्स (टाटा ग्रुपको होल्डिङ कम्पनी) को अध्यक्ष बनेर काम गरेका थिए । टाटा ग्रुपलाई १०० अर्ब डलरको रेभिन्यूमा पुर्‍याएपछि सन् २०१२ मा उनले अध्यक्ष पद छोडेका थिए । 

सन् १९९१ मा अध्यक्ष पद सम्हाल्दा ५.७ अर्ब डलर रेभिन्यू मात्र रहेको टाटा ग्रुपलाई सन् २०१२ सम्म करिब १०० अर्ब डलरमा पुर्‍याएका थिए । 

उनकै नेतृत्वमा टाटा ग्रुपले ल्याण्ड रोभर, ज्याक्वार, टेट्ली, करस, जनरल केमिकल लगायत ग्लोबल ब्राण्डलाई अक्वायर समेत गरेको थियो । रतन टाटालाई धेरैले फ्रिल्यानथ्रोपीको रूपमा चिन्छन् । 

उनले शिक्षा, स्वास्थ्य, ग्रामीण विकास लगायतका क्षेत्रमा टाटा ट्रस्टमार्फत महत्त्वपूर्ण योगदान गरेका छन् ।  सन् २००८ मा रतन टाटालाई भारत सरकारले पद्धम भुषणबाट समेत सम्मानित गरेको थिए, जुन भारतको सबैभन्दा दोस्रो ठूलो सम्मान हो ।

रतन टाटाको मृत्यु भएपछि टाटा ग्रुपको उत्तराधिकारी को हुन्छ ? भन्ने प्रश्न यतिबेला आइरहेको छ । किनकी रतन टाटाले अविवाहित थिए । 

अमेरिकामा पढ्दा उनको एक जना केटीसँग प्रेम बसेको थियो । उनीसँगै नै बिहे गर्ने उनले योजना बनाएका थिए । यतिकैमा हजुरआमाको स्वास्थ्यमा समस्या देखिएपछि उनी भारत फर्किए । 

रतन टाटा भारत फर्किने भएपछी उनले प्रमिकालाई पनि सँगै भारत जान आग्रह गरे तर सो समयमा सो समयमा भारत र चीनबीच युद्ध पनि भएका कारण केटीको परिवारले छोरीलाई भारतमा पठाउन मानेनन् ।

केटीको परिवारले अमेरिकीमै उनको बिहे गराइदिए । प्रेमिकाको बिहेको कुरा सुनेर रतन टाटालाई पिडा भयो । किनकी टाटाले उनीसँघै जीवन कटाउने प्रतिबद्धता गरेका थिए, जुन पूरा हुन सकेन । त्यसपछि टाटा आफ्नो बाचामा अडिग रहदै जीन्दगीभर अविवाहित रहने निर्णय लिएका थिए । 

रतन टाटाको मृत्युपछि ३८ सय करोड भारूको विशाल साम्राज्य कसले सम्हाल्छ ? भन्ने प्रश्न यतिबेला चौतर्फी चर्चामा रहेको छ । टाटाको मृत्युपछि नोयल टाटा, नेभिल टाटा, लिया टाटा र माया टाटाको नाम सम्भावित उत्तराधिकारीमा आइरहेको छ । 

नोयल टाटा, रतन टाटाका बुबा नोभेल टाटाको दोस्रो श्रीमतीका छोरा हुन् । नेभिल टाटा, लिया टाटा र माया टाटा नोयल टाटाका छोराछोरी हुन् । 

स्टार्टअप इकोसिस्टममा योगदान 

रतन टाटाले भारतको स्टार्टअप इकोसिस्टममा महत्त्वपूर्ण योगदान दिएका छन् । उनी भारतका लोकप्रिय स्टार्टअप पेटीएम, अर्बन कम्पनी, स्न्यापडिल लगायतका सुरूवाती लगानीकर्ता मध्येका एक हुन् । 

सन् २०१४ मा उनले स्न्यापडिलमा लगानी गरेका थिए । उनकै लगानीले स्न्याडिललाई भारतको स्टार्टअप इकोसिस्टममा प्रतिस्पर्धा गर्न सघाउ पुर्‍याएको थिए । 

त्यसपछि सन् २०१५ मा उनले स्माल रिचार्ज प्लेटफर्ममा लगानी गरेका थिए । त्यसपछि सो प्लेटफर्म पछि गएर पेटीएम बनेको थियो । 

यका अलवा, उनले राइड हेलिङ कम्पनी ओला, हेल्थ एण्ड फिटनेस स्टार्टअप केयरफिट, अटो मार्केटप्लेस कारदेखो, आईवेयर लेन्स कार्ट, फर्स्टक्राइ, मोगलिस्ट, अपस्टक लगायतका विभिन्न भारतीय स्टार्टअपमा लगानी गरेका थिए । 

टाटाले स्टार्टअपलाई लगानी गर्दा सम्भावित बिजनेस मोडेल बाहेक उद्यमीको भिजन र प्रतिबद्धतालाई हेरेर लगानी गर्ने बताएका थिए ।

टाटाले कन्जुमर टेक, फिनटेक, ई-कमर्स, कन्जुमर सर्भिस, मिडिया, डिपटेक, हेल्थ टेक, कन्जुमर सर्भिस लगायत क्षेत्रका ५० भन्दा बढी स्टार्टअपमा लगानी गरेका थिए ।