कीवर्डहरू -

मर्चेन्टलाई पैसा तिर्न अब हरेक पटक क्युआर स्क्यान गर्नु नपर्ने, मोरूमा आयो रिपिट पेमेन्ट फिचर

मर्चेन्टलाई पैसा तिर्न अब हरेक पटक क्युआर स्क्यान गर्नु नपर्ने, मोरूमा आयो रिपिट पेमेन्ट फिचर

मोरू डिजिटल वालेटले फोनपे क्युआरमा आधारित रिपिट क्युआर भुक्तानी सुविधा उपलब्ध भएको छ । 

योसँगै अब एउटै ठाउँमा क्युआरबाट भुक्तानी गर्न पटक पटक क्युआर स्क्यान गर्ने झन्झट हुनेछैन् ।  

क्युआर भुक्तानीमा नयाँ अनुभव दिने मोरूले नेपालको डिजिटल वालेट उद्योगमै रिपिट क्युआर भुक्तानी सुविधा ल्याएको मोरूका सीईओ श्रीष पौडेलले बताए । 

‘रिपिट क्युआर फिचर वालेट उद्योगमै नयाँ हो । यसबाट प्रयोगकर्ताले क्युआर भुक्तानीमा नयाँ अनुभव लिन सक्नेछन,’ उनले भने, ‘मर्चेन्टलाई भुक्तानी गर्दा पटक पटक क्युआर मागिरहनु पर्दैन् । पुरानो भुक्तानी हेरेर पेमेन्ट रिपिट गर्न सकिन्छ ।’

अहिलेसम्म क्युआरबाट भुक्तानी गर्दा प्रत्येक पटक क्युआर स्क्यान गर्नुपर्ने झन्झट थियो । तर अब मोरूले रिपिट क्युआर पेमेन्ट सुविधाले त्यो झन्झट हटाएको छ । 

अब कुनै पनि व्यक्तिले मर्चेन्टलाई भुक्तानीका हरेक पटक क्युआर स्क्यान नगरी पुरानो क्युआर भुक्तानीको हिस्ट्री हेरेर त्यहीबाट भुक्तानी गर्न सकिने छ ।