कीवर्डहरू -

रेमिट्यान्स ल्याउन योगदान पुर्याएको भन्दै इसेवा मनी ट्रान्सफरलाई सम्मान

रेमिट्यान्स ल्याउन योगदान पुर्याएको भन्दै इसेवा मनी ट्रान्सफरलाई सम्मान

नेपाल राष्ट्र बैंक ले आफ्नो ६९औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०२२/२३ मा रेमिट्यान्स कम्पनीहरूबीचको कुल रेमिटेन्सको १२.१ प्रतिशत ओगटेको तेस्रो-उच्चतम रेमिटेन्स सङ्कलन हासिल गरेकोमा इसेवा मनी ट्रान्सफरलाई सम्मान गरेको छ । 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेश कोइरालालाई शुक्रबार राष्ट्र बैंकको कार्यालयमा आयोजित विशेष समारोहमा प्रशंसा पत्र प्रदान गरेका हुन् ।

विप्रेषण आप्रवाहबाट मुलुकको आर्थिक स्थायित्व, सामाजिक–आर्थिक सुधार र बाह्य क्षेत्रमा सन्तुलन कायम गर्न कम्पनीको महत्वपूर्ण भूमिका खलेको राष्ट्र बैंकले जनाएको छ । 

प्रशंसा पत्र ग्रहण गर्दै सीईओ कोइरालाले कृतज्ञता व्यक्त गर्दै यो मान्यताले ईसेवा मनी ट्रान्सफरका लागि नवीन डिजिटल प्रविधिहरू मार्फत विश्वभरका नेपाली समुदायहरूमा उच्चस्तरको रेमिटेन्स सेवाहरू पुर्‍याउन निरन्तर प्रेरणा दिने कुरामा जोड दिए ।