कीवर्डहरू -

सेवानिवृत्त प्राध्यापकलाई ‘डिजिटल गिरफ्तार’ गरी भारतमा लाखौं ठगी गर्दै साइबर अपराधि

सेवानिवृत्त प्राध्यापकलाई ‘डिजिटल गिरफ्तार’ गरी भारतमा लाखौं ठगी गर्दै साइबर अपराधि

भारतको नवादा जिल्लामा साइबर ठगहरूले एक सेवानिवृत्त प्राध्यापकलाई डिजिटल गिरफ्तार गर्दै १४.३३ लाख भारतीय रुपैयाँ (२२.९५ लाख नेपाली रुपैयाँ) ठगेका छन् । ठगहरूले फोनमार्फत उनीमाथि कुनै गल्तीको कारण मुद्दा लाग्ने धम्की दिएर चार दिनसम्म डिजिटल गिरफ्तार गरेका थिए ।

उनीहरूले आफूलाई प्रवर्तन निर्देशनालय (ईडी) को अधिकारी भन्दै ह्वाट्सएप कल गरेर ठगी गर्ने गरेका छन् । ठगहरूले चार दिनसम्म “सोधपूछ" को नाममा सेवानिवृत्त प्राध्यापकको बैंक अकाउन्ट सम्बन्धी जानकारी समेत लिएका थिए । जब पीडितले ठगीको अनुभव गरे, उनले तुरुन्त साइबर थाना प्रहरीलाई जानकारी दिएका थिए । त्यसपछि नवादा साइबर थाना डीएसपीले मुद्दा दर्ता गरे र अनुसन्धान सुरु गरेको थियो ।  

नवादा जिल्लामा यो सम्भवतः पहिलो पटक भएको डिजिटल गिरफ्तारको घटना हो, जहाँ साइबर ठगहरूले चार दिनसम्म एक सेवानिवृत्त प्राध्यापकलाई गिरफ्तार गरेर राखेका थिए । ठगहरूले १४ लाख ३३ हजार ४८७ भारतीय रुपैयाँ ठगी गरेका छन् ।  पीडित सेवानिवृत्त प्राध्यापक कामता प्रसाद सिंह, रजौली थाना क्षेत्रको अमावा गाउँका बासिन्दा हुन् ।    

२४ देखि २७ डिसेम्बरसम्म ठगहरूले प्राध्यापकलाई डिजिटल गिरफ्तार गरेर राखे । ठगहरूले ह्वाट्सएप कलमार्फत ईडीको अधिकारी भन्दै उनलाई आफ्नो नाममा कैयौँ ठगीका मुद्दाहरू दर्ता भएको बताए ।  

तुरुन्तै पैसा उनीहरूको खातामा ट्रान्सफर नगरेमा पक्राउ गरिने ठगहरूले धम्की दिएका थिए । त्यसपछि डरले, प्राध्यापकले पाँचवटा फिक्स डिपोजिट तोडेर भारतीय १४ लाखभन्दा बढी रुपैयाँ ठगहरूले बताएको खातामा ट्रान्सफर गरेका छन् ।  

यस बीचमा ठगहरूले ईडी, सिबिआई र महाराष्ट्र पुलिसको नक्कल गर्दै ह्वाट्सएप कलमा प्राध्यापकसँग कुराकानी गर्ने गरेका थिए । उनीहरूले आधार कार्डबाट प्राध्यापकको फोटो स्क्यान गरी नक्कली वारेन्ट बनाएका थिए ।  

उनीहरूले प्रध्यापकको मोबाइल नम्बरबाट कैयौँ ठगीका घटना भएका छन् र १५ वटा आपराधिक मुद्दा दर्ता भएको बताएका थिए । , “तपाईं पैसा ट्रान्सफर गरे मात्रै बच्न सक्नुहुन्छ, अन्यथा तुरुन्त गिरफ्तार हुनेछ,' ठगहरूले भनेका थिए । 

यस ठगीमा कम्तिमा चार–पाँच जना ठगहरूले विभिन्न अधिकारी बनेर प्राध्यापकसँग कुराकानी गरेका थिए । हाल, भारतको साइबर थाना प्रहरी यस घटनाको गहिरो अनुसन्धानमा जुटेको छ ।