कीवर्डहरू -

एलन मस्कमाथि रूस युक्रेन युद्धमा प्रयोग भईरहेको साइबरट्रक निष्क्रिय बनाएको आरोप

एलन मस्कमाथि रूस युक्रेन युद्धमा प्रयोग भईरहेको साइबरट्रक निष्क्रिय बनाएको आरोप

टेस्ला साइबरट्रक ती थोरै कारहरू मध्येको एक हो, जुन सार्वजनिक भएपछि पनि वर्षौंसम्म चर्चामा छ । कम्पनीले यस कारलाई सन् २०१९ मा प्रस्तुत गरेको थियो, तर यो बजारमा धेरै वर्षको ढिलाइपछि मात्रै आईपुगेको हो ।

रसको चेचन्या पार्टीका नेता रमजान कादिरोभले टेस्लाका सिईओ एलन मस्कमाथि आरोप लगाएका छन् । मस्कले उनको साइबरट्रकलाई रिमोटबाट निष्क्रिय बनाइदिएको उनको आरोप छ । यो साइबरट्रकलाई रूस–युक्रेनबीच भइरहेको युद्धमा पठाइएको थियो । 

कादिरोभले बिहीबार साइबरट्रकलाई युद्धमा पठाएका थिए । त्यसमा मेसिन गन जडान गरिएको थियो र त्यसले युद्धमा राम्रोसँग काम गरिरहेको थियो । शुक्रबार उनले युद्धमा दुई अन्य साईबरट्रक पठाएका छन् ।

मस्कले उपहार दिएको साइबरट्रकलाई रिमोटबाट हाल निष्क्रिय बनाइएको चेचन्या नेताको दावी छ । यद्यपि, मस्कले यस्ता दाबीहरूलाई अस्वीकार गरेका छन् । मस्कले एक्समा लेख्दै भनेका छन्, ‘के तपाईं यति मूर्ख हुनुहुन्छ कि म कुनै रूसी जनरललाई साइबरट्रक उपहार दिन्छु भन्ने लाग्छ ? भन्दै उल्टो प्रश्न गरेका छन् । 

साइबरट्रकलाई रिमोटबाट बन्द गर्न सकिन्छ ?

यहाँ एउटा ठूलो प्रश्न उठ्छ, के टेस्ला साइबरट्रकलाई रिमोटबाट बन्द गर्न सकिन्छ ? टेस्लाले आधिकारिक रूपमा यसबारे कुनै जानकारी दिएको छैन् । यद्यपि, टेस्लाको साइबरट्रकलाई रिमोटबाट बन्द गर्न सकिन्छ । यसको कारण कारको सफ्टवेयर हो । 

यो कार मात्र हार्डवेयरमा निर्भर हुँदैन् । यसको ठूलो भाग सफ्टवेयरमा निर्भर रहेको छ र यस बिना यसलाई चलाउन गाह्रो हुन्छ । टेस्ला आफ्नो कारहरूलाई ओटीए (ओभर द एयर) सफ्टवेयर अपडेटहरू उपलब्ध गराउँछ । यदि कम्पनीले कुनै कारलाई बन्द गर्न चाह्यो भने, सफ्टवेयर अपडेटमार्फत यसो गर्न सक्छ ।

टेस्ला कारका धेरै सुविधाहरूलाई मोबाइल एपबाट पहुँच गर्न सकिन्छ । यदि कार मालिकको फोनको पहुँच ह्याकरहरूले पाए भने, तिनीहरूले कारका ती सुविधाहरूलाई पहुँच गर्न सक्छन् । यो एपको प्रयोग गरेर नै ह्याकरहरूले कारलाई निष्क्रिय पनि बनाउन सक्छन् । यसबाहेक, टेस्लाले चाहेमा आफैँ पनि यी कारहरूलाई रिमोटबाट बन्द गर्न सक्छ ।

जहाँ पारम्परिक कारहरूमा सफ्टवेयरको नाममात्र हुन्छ र कार पूर्ण रूपमा हार्डवेयरमा निर्भर हुन्छ, त्यहाँ आधुनिक कारहरूमा यसको ठीक उल्टो छ । कार हार्डवेयरसँगै सफ्टवेयरमा पनि निकै निर्भर रहन्छ र त्यसैले यी कारहरूलाई निष्क्रिय गर्न सकिन्छ । टेस्ला साइबरट्रकको मूल्य ९३,९०० डलरबाट सुरु हुन्छ ।