कीवर्डहरू -

रूसी ह्याकरहरूले गरे माइक्रोसफ्टको प्रणालीमा आक्रमण, नेतृत्वको अकाउन्टमा पहुँच

रूसी ह्याकरहरूले गरे माइक्रोसफ्टको प्रणालीमा आक्रमण, नेतृत्वको अकाउन्टमा पहुँच

रूसी ह्याकरहरूले माइक्रोसफ्टको प्रणालीमा आक्रमण गरेका छन् । साइबर आक्रमपछि ह्याकरहरूलेले माइक्रोसफ्टको नेतृत्व  र कर्मचारीको केही अकाउन्टमा पहुँच प्राप्त गरेका छन् । 

यो ह्याकिंग एक रूसी सरकारद्वारा प्रायोजित ह्याकिङ समूहद्वारा इमेलमार्फत उल्लङ्घन गरिएको माइक्रोसफ्टको भनाइ छ । यसलाई नोबेलियम वा मिडनाइट ब्लिजार्ड भनेर चिनिन्छ ।

ह्याकरहरूले कम्पनीको नेतृत्व टोलीका सदस्यहरूका साथै साइबर सुरक्षा र कानुनी टोलीका कर्मचारीहरूको अकाउन्ट पनि पहुँच पाएको जनाइएको छ ।

एक ब्लग पोस्ट सार्वजनिक गर्दै माइक्रोसफ्टले घुसपैठ गत वर्ष नोभेम्बरको अन्त्यमा सुरु भएको बताएको छ । यो घटना भने जनवरी १२ मा पत्ता लगाइएको थियो ।  यद्यपि, माइक्रोसफ्टको कर्पोरेटअकाउन्टमा धेरै कम पहुँच पाएको तथा केही इमेल र संलग्न कागजातहरू चोरी भएको बताइएको छ । 

कम्पनीले कसको र कति इमेल अकाउन्टहरू उल्लङ्घन गरेको खुलासा गरेको छैन् । कम्पनीको थ्रेट रिसर्च टिमले प्रणाली उल्लङ्घन पहिचान गरी खतरा कम गर्नलाई काम गरेको थियो । यी गतिविधिहरू अवरुद्ध गरेर, माइक्रोसफ्टले प्रणालीमा ह्याकरहरूको पहुँच रोकिएको थियो ।