कीवर्डहरू -

यस्तो हुनेछ सामसङको ग्यालेक्सी रिङ, कहिले होला सार्वजनिक ?

यस्तो हुनेछ सामसङको ग्यालेक्सी रिङ, कहिले होला सार्वजनिक ?

सामसङले हालै आयोजना भएको ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा ग्यालेक्सी रिङको पनि घोषणा गरेको छ । कम्पनीले सो कार्यक्रमलाई ग्यालेक्सी रिङ ल्याउने घोषणा गरेपनि यससँग सम्बन्धित कुनै जानकारी भने खुलाइएको छैन् ।

तर एक नयाँ रिपोर्टले यो वर्षको अन्त्यमा ग्यालेक्सी रिङ सार्वजनिक हुन सक्ने खुलासा गरेको छ । यसका साथै सामसङ ग्यालेक्सी रिङ तीन फरक रंग र धेरै साइजमा पनि उपलब्ध हुनेछ ।

सामसङले आफ्नो ग्यालेक्सी रिङको प्रोटोटाइपको साथ ह्यान्ड्स–अन अनुभव दिने दाबी गरिरहेको अनलाइनमा सार्वजनिक भएको एक रिपोर्टले खुलासा गरेको छ । यो उपकरण धेरै हल्का हुनेछ र विभिन्न आकारमा उपलब्ध हुनेछ ।

सामसङ ग्यालेक्सी रिङ ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा स्वास्थ्य उपकरणको रूपमा अनावरण गरिएको थियो । यस कार्यक्रममा कम्पनीले आफ्नो फ्ल्यागशिप ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन सार्वजनिक गरेको थियो ।

अनलाइन रिपोर्ट अनुसार, यसले चौबिसै घन्टा गति मोनिटर, एक एसपीओटू(रक्त अक्सिजन) सेन्सर, एक निद्रा निगरानी ट्र्याकर र अन्य फिटनेस ट्र्याकिङ सुविधाहरूको साथ आउने अपेक्षा गरिएको छ ।

यस उपकरणमा तपाईले रक्तचाप निगरानी सुविधा र एट्रियल फाइब्रिलेसन  पत्ता लगाउन सक्नुहुन्छ । तपाईले यस यन्त्रमा सामसंग हेल्थको धेरै विशेष सुविधाहरू पनि एकीकृत रुपमा पाउनुहुनेछ । यसको मूल्य अमेरिकामा २९९ डलर हुन सक्ने छ ।