कीवर्डहरू -

सामसंग नेपालको विशेष अफर : रेमिटेन्स पठाउनेलाई बोनस डाटा, इएमआई र क्यासब्याक

सामसंग नेपालको विशेष अफर : रेमिटेन्स पठाउनेलाई बोनस डाटा, इएमआई र क्यासब्याक

काठमाडाैं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको रुपमा सशक्त सामसंग नेपालले “सपनादेखि सम्भावनासम्म” नामक नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई उजागर गर्दै उनीहरूले परिवार र देशका लागि खेलेको महत्वपूर्ण भूमिकालाई सम्मान गर्ने जनाएकाे छ ।

यसले सामसंगको इनोभेसनमार्फत जीवन जोड्ने उद्देश्यलाई पनि सशक्त बनाउने अपेक्षा गरिएकाे छ । यस अभियानअन्तर्गत सामसंगले “Samsung Remit मा Benefit” नामक पहल सार्वजनिक गरेको हाे । रेमिटेन्समा निर्भर परिवारलाई थप सहजता र लाभ प्रदान गर्ने लक्ष्य राखेको छ । यो अफर अप्रिल २४ देखि उपलब्ध हुनेछ जनाइएका‍े छ ।

रेमिटेन्सलाई नेपालको अर्थतन्त्रको प्रमुख आधार मान्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राष्ट्र निर्माणका मुख्य आधारका रूपमा सम्मान गरेकाे छ । साथै, सामसंगका AI-सक्षम डिभाइसहरूले उनीहरूको परिवारको दैनिक जीवनलाई अझ स्मार्ट, कनेक्टेड र अर्थपूर्ण बनाउँछन् । यस पहलअन्तर्गत सामसंगले IME Remit, Ncell, Khalti by IME र Hulas Fin Serve Ltd. सँग मिलेर Samsung का उत्पादन खरिदमा विशेष लाभहरू उपलब्ध गराएको छ ।

यसमा Ncell रिचार्जमा बोनस डाटा, २४ महिनासम्मको सजिलो EMI र Khalti मार्फत क्यासब्याक जस्ता सुविधा रहेका छन्, जसले रेमिटेन्समा आधारित परिवारलाई थप मूल्य र सहजता दिनेछ । यो अफर विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिहरूका लागि मात्र उपलब्ध हुने जनाइएकाे छ ।