सामसङ नेपालले ग्यालेक्सी इकोसिस्टममा अझ धेरै डिभाइसहरूमा मोबाइल एआईको सुविधालाई अगाडि बढाउँदै ग्यालेक्सी ए सिरिजका लागि गुगलमा सर्कल टु सर्चको फिचरको घोषणा गरेको छ । यो नयाँ फिचर ग्यालेक्सी ट्याब एस नाइन एफईमा पनि आउनेछ, जसमा ठूलो डिस्प्ले र ग्यालेक्सी एस पेनले सर्च गर्न मिल्ने फिचर रहेको छ ।
ग्यालेक्सी एस २४ सिरिज सुरु भएपछि सर्कल टु सर्च चाँडै नै प्रशंसकको मनपर्ने भएको छ, जसले परम्परागत खोज्ने विधिहरूभन्दा बाहिर गएर बेग्लै अनुभव प्रदान गर्दछ । पछिल्लो ग्यालेक्सी जेड फ्लीप सिक्स र जेड फोल्ड सिक्स लगायत थप ग्यालेक्सी उपकरणहरूमा विस्तार हुँदै गएपछि, सर्कल टु सर्चले पूरै पानाको अनुवाद, गृहकार्यमा मद्दत र क्यूआर र बारकोड स्क्यानिङ क्षमताहरू थप्ने सहित यसको उपयोगिता र सहजता बढाउन निरन्तर विकसित भएको छ ।
अब, ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस ९ एफई सिरिजका साथै सामसङका उत्पादनका अन्य लाइनअपमा पनि तपाईले सर्कल टु सर्चको साथमा थप जटिल प्रश्नहरू सोध्ने क्षमता पाउनुहुनेछ ।
“यी अपडेट्सहरूले ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस ९ एफई सिरिजका लागि नयाँ सम्भावनाहरू खोल्दछ र अधिक ग्यालेक्सी प्रयोगकर्ताहरूका लागि अत्याधुनिक प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई सुदृढ पार्दछ, सामसङ इलेक्ट्रोनिक्सका मोबाइल अनुभव व्यवसायका अध्यक्ष र प्रमुख टिएम रोहले भने, “हामी धेरैभन्दा धेरै प्रयोगकर्ताका लागि बेस्ट–इन–क्लास एआई प्रविधि ल्याउन समर्पित छौं, प्रयोगकर्ताहरूलाई थप कुशलतापूर्वक काम गर्न, थप स्वतन्त्र रूपमा सिर्जना गर्नका लागि उनीहरूका उपकरणहरूसँग थप व्यक्तिगत अन्तरक्रियाको आनन्द लिन सक्ने विकल्पको साथ सशक्त बनाउँदै छौं ।”
सर्कल टु सर्च भनेको एपहरू स्वीच नगरिकन साधारण जेस्चरद्वारा कुनै पनि कुरा खोज्ने नयाँ तरिका हो । डिभाइसमा जब सर्कल टु सर्च सुविधा सक्षम हुन्छ, प्रयोगकर्ताहरूले आफूले खोज्न चाहेको पाठ, छवि वा भिडियो चयन गर्न स्क्रिनमा जहाँसुकै सर्कल, हाइलाइट वा ट्याप गर्न सक्छन् ।
यो सुविधा गुगलसँगको दिगो सहकार्यको परिणाम हो, जसले कम्पनीको खुलापन र सहकार्य प्रतिको लामो समयदेखिको प्रतिबद्धतालाई सार्थक बनाउँछ । एआई–संचालित परिणामहरूले समृद्ध जानकारी र सन्दर्भ प्रदान गर्दछ, सर्कल टु सर्चले अन्वेषण अनुभवलाई सहजता र उत्साहको नयाँ स्तरमा पु¥याउँछ ।