कीवर्डहरू -

साओमी १४ अल्ट्राको डिजाइन सार्वजनिक, दुई रंगमा आउने

साओमी १४ अल्ट्राको डिजाइन सार्वजनिक, दुई रंगमा आउने

साओमीले साओमी १४ अल्ट्रा सार्वजजिक गर्ने भएको छ । यो फोन आगामी २२ फेब्रुअरीमा चीनमा सार्वजनिक हुनेछ ।

त्यसपछि २५ फेब्रुअरीमा अन्य देशमा सार्वजनिक हुने जनाइएको छ । साओमीका संस्थापक र सीईओ लेई जुनले हालै आफ्नो सोशल मिडिया अकाउन्टमा साओमी १४ अल्ट्राका कालो र सेतो रंग रहेको तस्वीर शेयर गरेका छन् । 

अहिले विश्वभर यी दुई रङ मात्रै उपलब्ध हुने विश्वास गरिएको छ । चीनमा विशेष टाइटेनियम कलरमा पनि सार्वजनिक हुने बताइएको छ ।

साओमीले हालै १४ अल्ट्राको क्यामेरा, टेलिफोटो क्यामेरा र पेरिस्कोप क्यामेराको बारेमा जानकारी दिएको छ । केही दिन अघि मात्र जर्मन प्रकाशन विनफ्यूचरले फोनका सबै विवरणहरू लीक गरेको थियो ।

विनफ्यूचरका अनुसार, साओमी १४ अल्ट्रामा ६.७४–इन्च एएमओएलइडी डिस्प्ले हुनेछ, जसको रिजोल्युशन ३२०० * १४४० पी र १२० हर्जको रिफ्रेस रेट हुनेछ ।

डिस्प्लेमा एचडीआर १० प्लस रहेको भनिएको छ, जसको अधिकतम चमक लगभग तीन हजार निट्स हुनेछ । यसमा स्न्यापड्रागन ८ जेन थ्री चिप प्रोसेसर रहने छ ।