कीवर्डहरू -

स्कुल तथा कलेज व्यवस्थापन ईआरपी सफ्टवेयर वेदले पायो ६ करोड लगानी

स्कुल तथा कलेज व्यवस्थापन ईआरपी सफ्टवेयर वेदले पायो ६ करोड लगानी

स्कुल तथा कलेज व्यवस्थापन ईआरपी सफ्टवेयर वेदले शार्क ट्यांक नेपालबाट ६ करोडको लगानी सुरक्षित गरेको छ । शार्क ट्यांक नेपालका शार्क तथा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले वेदमा ६ करोड लगानी गरेका हुन् । 

शार्क ट्यांक नेपालमा वेदका सह-संस्थापक निर्देश द्वाले ६ करोड लगानीमा १० प्रतिशत इक्विटी दिने गरी पिच गरेका थिए । 

तर ६ करोडमा २० प्रतिशत इक्विटी दिने गरी डिल भएको हो । यद्यपी यसमा केही शर्त राखिएको छ । यो शार्क ट्यांक नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो डिल हो । 

वेदले सन् २०२४ मा साढे ६ करोडको आम्दानी गरेको थियो । वेदमा अहिले ६२ जनाले रोजगारी पाएका छन् । 

आगामी ५ वर्षमा १० हजार विद्यालयमा वेदको प्रयोग गर्ने, कम्तिमा पनि २ अन्तर्राष्ट्रिय बजारमा डोमिनेट गर्ने, एआईमा आधारित पर्सन्लाइज्ड लर्निङ टुल्स बनाउने जस्ता योजना वेदका छन् ।