कीवर्डहरू -

गूगलमा यी शब्दहरू सर्च गर्दा जोखिममा पर्न सक्छ व्यक्तिगत जानकारी, साइबर विज्ञले दिए चेतावनी

गूगलमा यी शब्दहरू सर्च गर्दा जोखिममा पर्न सक्छ व्यक्तिगत जानकारी, साइबर विज्ञले दिए चेतावनी

ह्याकरहरूले मानिसहरूको व्यक्तिगत जानकारीमा पहुँच गर्न कुनै न कुनै उपाय पत्ता लगाइरहेका हुन्छन् । डिजिटल युगमा हाम्रो जीवन जति सहज बनेको छ, त्यति नै व्यक्तिगत डेटा सुरक्षित राख्न चुनौतीपूर्ण बनेको छ । केही त्यस्ता गल्तीहरू छन्, जुन हामीले नजानेरै बारम्बार गरिरहेका हुन्छौं, तर पछि गएर त्यसको ठूलो मूल्य चुकाउनुपर्छ ।

हालै एक साइबर सुरक्षा एजेन्सीले मानिसहरूलाई गुगल सर्चसँग सम्बन्धित चेतावनी दिएको छ । शोफोस नामक साइबर सुरक्षा संस्थाले केहि यस्ता शब्दहरूबारे भनेको छ, जुन प्रयोगकर्ताहरूले गुगलमा सर्च गर्नु हुँदैन् । यसो गर्दा गोपनीयता र सुरक्षा जोखिममा पर्न सक्छ । साइबर फर्मले प्रयोगकर्ताहरूलाई यी शब्दहरू सर्च नगर्न सुझाव दिएको छ ।

रिपोर्टअनुसार, जसले गुगलमा “Are Bengal Cats legal in Australia” टाइप गरेर सर्च गर्छ र टपमा आएको लिंकमा क्लिक गर्छ, तिनको व्यक्तिगत जानकारी अनलाइन लिक हुनसक्छ । साइबर एजेन्सीका अनुसार ह्याकरहरूले ’अस्ट्रेलिया’ शब्द प्रयोग भएको सर्च गर्ने व्यक्तिहरूलाई बढी लक्ष्य बनाउँछन् ।

शोफोस अनुसार, जब प्रयोगकर्ताहरूले सर्च रिजल्टमा टपमा आएको लिंकमा क्लिक गर्छन्, तिनको व्यक्तिगत तथा बैंक जानकारी ’गुटलोडर’ नामक प्रोग्राममार्फत चोरिन्छ । यो सफ्टवेयरले तपाईंको डिभाइस लक पनि गर्न सक्छ । ह्याकरहरूले मानिसहरूलाई अवैध लिंकमा क्लिक गराउन नयाँ–नयाँ उपायहरू अपनाउँछन् ।

साइबर सुरक्षा कम्पनीले दाबी गरेको छ कि ’बंगाल क्याट्स’ शब्द चयनात्मक छ । त्यसैले मानिसहरूले यस्तो सर्च गर्नु आवश्यक छैन् । साइबर अपराधीहरूले मानिसहरूलाई फसाउन एसईओ प्वाइजनिङ भन्ने रणनीतिको पनि प्रयोग गर्छन् ।

ह्याकरहरूको नयाँ–नयाँ तरिकाहरूका कारण मानिसहरू दिनदिनै केही गल्तीका कारण फसिरहेका हुन्छन् र जीवनभरको सम्पत्ति गुमाइरहेका छन् । यस्तोमा आफूलाई सुरक्षित राख्नु ठूलो चुनौती हो । शोफोसका अनुसार प्रयोगकर्ताहरुले सधैं दुई–फ्याक्टर प्रमाणिकरण अन गरेर राख्नुपर्छ । साथै हरेक प्लेटफर्ममा एउटै पासवर्ड राख्नबाट बच्नुपर्छ । आफ्नो सुरक्षा बलियो बनाउन समय समयमा पासवर्ड परिवर्तन गरिराख्नुपर्छ ।