कीवर्डहरू -

सिग्नल एप विवादमा, ट्रम्प प्रशासनको त्रुटिका कारण उठ्यो विवाद

सिग्नल एप विवादमा, ट्रम्प प्रशासनको त्रुटिका कारण उठ्यो विवाद

म्यासेजिङ एप सिग्नल फेरि एक पटक चर्चामा आएको छ । यसपटक यो एप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको एक गल्तीका कारण चर्चामा छ ।

रिपोर्ट अनुसार, ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरू युद्ध योजनाजस्ता गोप्य जानकारी यस एपमार्फत सेयर गरिरहेका थिए । यो कुरा तब सार्वजनिक भयो, जब गल्तीले एक पत्रकारलाई त्यस्तै एक गोप्य समूहमा सामेल जोडिको थियो । 

घटनापछि अमेरिकी कांग्रेसले सुरक्षा उल्लङ्घनको जाँच गर्न माग गरेको छ । अमेरिकी कानुनअनुसार, गोप्य जानकारीको दुरुपयोग वा गलत व्यवस्थापन अपराध मानिन्छ । हालसम्म यो स्पष्ट भइसकेको छैन कि यस घटनाले कानुनी उल्लङ्घन गर्छ वा गर्दैन् ।

तर, यस घटनाले अमेरिका मात्र नभई अन्य देशहरूलाई पनि प्रश्न उठाउन बाध्य बनाएको छ कि के राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील विषयवस्तुहरू छलफल गर्न यस्ता म्यासेजिङ प्लेटफर्महरू सुरक्षित छन्?

सिग्नल एप के हो ?

सिग्नल एउटा मेसेजिङ एप हो, जसले एन्ड–टु–एन्ड एन्क्रिप्सन प्रयोग गर्छ । यस एपले दाबी गर्छ कि यसको प्लेटफर्ममा प्रयोगकर्ताहरूको च्याट र कल कसैले पनि एक्सेस गर्न सक्दैन ।

यसले प्रयोगकर्ताहरूको प्राइभेसी सुरक्षित राख्छ । सिग्नल स्मार्टफोन र कम्प्युटर दुवैमा उपलब्ध छ । यसले मैसेजिङ, भ्वाइस कल, र भिडियो कलिङ जस्ता सुविधाहरू प्रदान गर्छ ।

सिग्नलमा खाता खोल्नका लागि ह्वाट्सएप जस्तै मोबाइल नम्बर आवश्यक पर्छ । अन्य म्यासेजिङ एपहरूभन्दा फरक, सिग्नल प्रयोगकर्ताको कुनै पनि डाटा स्टोर वा ट्र्याक गर्दैन् । यसको कोडिङ सार्वजनिक भएकाले, कुनै पनि साइबर सुरक्षा विशेषज्ञले यसको सुरक्षाको जाँच गर्न सक्छ ।

सिग्नल  कत्तिको सुरक्षित छ ?

  1. सिग्नल ओपन–सोर्स र पूर्ण रूपमा एन्क्रिप्टेड म्यासेजिङ सेवा हो ।
  2. सिग्नल मेसेन्जर नामक कम्पनीद्वारा सञ्चालित केन्द्रीय सर्भरहरूमा आधारित छ ।
  3. यो प्रयोगकर्ताको फोन नम्बर, पहिलो लगइन र अन्तिम लगइन मात्र स्टोर गर्छ ।
  4. प्रयोगकर्ताका सम्पर्क सूची, च्याट, र अन्य जानकारी केवल प्रयोगकर्ताको आफ्नै डिभाइसमा मात्र स्टोर हुन्छ ।
  5. यस एपमा “अटो–डिलिट“ विकल्प छ, जसले एक निश्चित समयपछि च्याट स्वचालित रूपमा हटाइदिन्छ ।
  6. सिग्नलले प्रयोगकर्ताको डाटा कुनै पनि विज्ञापन वा मार्केटिङ कम्पनीसँग साझा गर्दैन् ।
  7. यसमा सरकारी एन्क्रिप्शन प्रणाली प्रयोग गरिँदैन् ।

सिग्नल एपका संस्थापक को हुन्?

सिग्नल एपका संस्थापक मक्सि मार्लिनस्पाइक हुन्, जसले सन् २०१२ मा यो एप सुरू गरेका थिए । हाल सिग्नल एपका अध्यक्ष मेरिडिथ व्हिटेकर हुन् ।

सिग्नलले दाबी गरेको छ कि यो कुनै पनि ठूला प्रविधि कम्पनीको अधीनमा छैन र भविष्यमा यो प्लेटफर्म बिक्री गर्ने योजना पनि छैन् ।

सिग्नल  एप को–कोले प्रयोग गर्छन् ?

सिग्नल सुरूमा प्राइभेसीलाई समर्थन गर्ने प्रयोगकर्ताहरूले प्रयोग गरेका थिए । पछि राजनीतिक कार्यकर्ता,पत्रकार, र सरकारी अधिकारीहरू माझ लोकप्रिय भयो ।

सन् २०२१ मा जब ह्वाट्सएपले आफ्नो प्राइभेसी नीति परिवर्तन ग¥यो, त्यसपछि सिग्नलको प्रयोगकर्ता संख्यामा तीव्र वृद्धि भयो ।

समाचार संस्था रोयटर्सले सिग्नललाई ती उपकरणहरूको सूचीमा राखेको छ, जसको प्रयोग पत्रकारहरूले गोप्य समाचार टिप्स साझा गर्न गर्न सक्छन् ।

सन् २०१७ मा अमेरिकी सिनेटका सेर्गेन्ट–एट–आम्र्सले सिनेट स्टाफहरूलाई सिग्नल प्रयोग गर्न अनुमति दिएका थिए ।

यो घटनाले साइबर सुरक्षा र राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुहरूमा गम्भीर बहस सुरु गराएको छ । सिग्नल जस्ता गोपनीयता–केन्द्रित एपहरू सरकारका लागि चुनौती बन्न सक्छन् कि सुरक्षा जोखिमहरू कम गर्न यी एपहरूको प्रयोग सीमित गर्नुपर्छ?