प्रविधिको दुनियाँमा फेरि एकपटक चीनले सबैलाई चकित पारेको छ । यसपटक न त नयाँ स्मार्टफोन आएको छ, न रकेट वा एआई बट, तर कुरा एक यस्तो स्टोरेज डिभाइसको हो, जुन आकारमा त सामान्य देखिए पनि यसको क्षमता अत्यन्तै अद्भुत छ ।
चीनका वैज्ञानिकहरूले ‘पोक्सियाओ’ नामक एक सुपरफास्ट हार्ड ड्राइभ निर्माण गरेका छन्, जुन चामलको दानाभन्दा पनि सानो छ तर यसको गति देखेर तपाईं विश्वास गर्न सक्नुहुन्न् ।
अहिलेसम्म तपाईंले हार्ड ड्राइभहरूलाई एमबीपीएस वा जिबीपीएसमा डेटा ट्रान्सफर गर्दै गरेको देख्नुभएको होला । तर पोक्सियाओ यसभन्दा धेरै अगाडि पुगिसकेको छ । यो डिभाइसले केवल ४०० पिकोसेकेन्डमा डेटा प्रोसेस गर्न सक्छ ।
पिकोसेकेन्ड भनेको एक सेकेन्डको खरबौं भाग हो । अर्थात्, डेटा ट्रान्सफर यति तीव्र हुन्छ कि तपाईंले आँखा झिम्काउनुभन्दा पनि छिटो काम सकिन्छ । यो सानो डिभाइसको साँचो प्रभाव कृत्रिम बुद्धिमत्ता (एआई) र भविष्यको कम्प्युटिङ क्षेत्रमा पर्नेछ ।
अहिले एआई टुलहरूले तस्बिर बनाउने, भिडियो सम्पादन गर्ने जस्ता काम गर्न केही सेकेन्ड त लाग्छ नै । तर पोक्सियाओको सहायताले यी सबै कार्यहरू पलभरमै सम्पन्न हुनेछन् । ठूला डेटा सेटहरू, मेशिन लर्निङ मोडेल, वैज्ञानिक अनुसन्धान र अन्तरिक्ष मिसनहरूमा लाग्ने समयको ठूलो बचत हुनेछ । यो आविष्कारले भविष्यको कम्प्युटिङ संसारलाई नयाँ दिशातर्फ लैजाने छ ।
किन यो विशेष छ?
- आकारमा चामलको दानाभन्दा सानो
- परम्परागत हार्ड ड्राइभहरूभन्दा लाखौँ गुणा छिटो
- एआई र डेटा प्रोसेसिङका लागि अत्यन्तै लाभदायक
- ऊर्जाको बचतका साथ छिटो कार्यसम्पादन