एक दशक अगाडि नेपालमा सूचना प्रविधि भर्खर भर्खर विस्तार हुँदै थियो । सबैले सूचना प्रविधि बारे थाहा पाउँदै थिए । त्यो बेला सूचना प्रविधि शिक्षा दिने शैक्षिक संस्था समेत कमै थिए । नेपालमा सीपमुलक आईटी शिक्षाको अभाव भएको काठमाडौंका आकाश सिम्खडाले महुशुस गरे ।
त्यसपछि सन् २०१३ मा गुणस्तरीय र सीपमुलक आईटी शिक्षा दिने उद्देश्यले सुरू भयो, ललितपुरको पाटनस्थित भिरिञ्ची कलेज । विद्यार्थीको सीप विकासमा जोड दिने उद्देश्यले कलेज स्थापना गरेको भिरिञ्ची कलेजका संस्थापक तथा अध्यक्ष आकाश सिम्खडाले बताए ।
‘भिरिञ्ची कलेज सन् २०१३ मा स्थापना भएको हो । त्यो बेला नेपालमा डिग्रीको हिसाबले मात्र पढाइ गर्ने परिपाटी थियो,’ उनले आइसिटी समाचारसँग भने, ‘अब डिग्रीलाई होइन सीपलाई महत्त्व दिनुपर्छ । विद्यार्थीको सीप विकासमा काम गर्नुपर्छ भनेर कलेज सुरू गरेका हौं ।’
सन् २०१३ मा कलेज स्थापना भएपनि आधिकारिक रूपमा पढाउन सुरू भने सन् २०१५ बाट मात्रै गरेको थियो । २ वर्षको दौरान सम्बन्धनको विषयलाई लिएर अनेका बाधा खेप्नुपर्यो । सो अवधिमा सम्बन्धनका लागि नेपालसँगै विदेशका विश्वविद्यलयसँग समेत कुरा भयो । अन्त्यमा विदेशी विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गर्यो र सन् २०१५ मा पढाइ सुरू भयो ।
सन् २०१५ मा एशिया ई विश्वविद्यालयबाट सम्बन्धन लिएर पढाउन सुरू गरेको उनले बताए । उनले अगाडि भने, ‘विश्वविद्यालयको सम्बन्धन लिन २ वर्ष लाग्यो । त्यो अवधिमा स्वदेश तथा विदेशका विश्वविद्यालयसँग कुरा गर्यौं र एशिया ई विश्वविद्यालयबाट सम्बन्धन पाएका थियौ ।’
मलेसियामा अवस्थिति एशिया ई विश्वविद्यालय एशियाली ३५ देशको साझा विश्वविद्यालय हो । एशिया को-अपररेसन डाइलगले एशियाको शिक्षा पद्द्ति विकास गर्ने योजनासहित एशिया ई विश्वविद्यालयको स्थापना गरेको थियो । यो कुनै देशको वा निजी विश्वविद्यालय होइन । एशिया को-अपररेसन डाइलगले स्थापना गरेको साझा विश्वविद्यालयल हो, जुन डाइलगमा ३५ देश आवद्ध छन् । नेपालको पनि एशिया को-अपररेसन डाइलगको सदस्य हो ।
भिरिञ्ची कलेजमा ब्याचलर्स अफ इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी ( बीआईसीटी ) र मास्टर्स इन बिजनेस एडमिनिष्ट्रेसन पढाइ हुने गरेको अध्यक्ष सिम्खडाले जानकारी दिए ।
अध्यक्ष, आकाश सिम्खडा
बीआईसीटी सफ्टवेयर इन्जिनियरिङमा केन्द्रित छ । यो ४ वर्षे कार्यक्रम हो । यसमा १० वटा विषयहरू सफ्टवेयर इन्जिनियरिङसँग सम्बन्धित छन् । त्यसबाहेक अन्य इलेक्टिभ र कोर विषय छन् । यो कोर्ष पढेर विद्यार्थीहरू सफ्टवेयर डेभलपर र सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्न सक्छन ।
१२३ क्रेडिट आवर भएको बीआईसीटी सफ्टवेयर इन्जिनियरिङमा सीप विकासलाई विशेष प्राथमिकता दिएको छ । बीआईसीटी सफ्टवेयर इन्जिनियरिङमा पहिलो सेमेस्टरदेखि नै बजारको आवश्यकता अनुसार सीप विकास गर्ने तालिम सञ्चालन हुने उनी बताउँछन् । ‘विद्यार्थीको सीपलाई निखार्दै उनीहरूलाई बजारका लागि योग्य बनाउनु कलेजको एक मात्र उद्देश्य हो,’ सिम्खडा भन्छन् ।
तालिमहरू सबै प्रोजेक्टमा आधारित हुन्छन् । यस बाहेक कलेजले रोबोटिक्स एशोशिएसन अफ नेपालको सहकार्यमा आईओटी सम्बन्धि तालिम पनि दिदै आएको छ । कलेजले हरेक वर्ष आइसिटी मेला आयोजना गर्दै आएको छ । उक्त मेला विद्यार्थीले तयार पारेका प्रोजेक्ट प्रदर्शनीमा राखिन्छ ।
यस वर्ष पनि बीआईसीटीईमा नयाँ भर्ना खुलिसकेको छ । अक्टोबरको अन्त्यसम्म भर्ना गर्ने समय तोकिएको छ । कलेजले यसमा २ देखि ३ वटा सेक्सनसम्म विद्यार्थी लिने गरेको छ । एउटा सेक्सनमा ३०-३५ जना विद्यार्थीहरू हुन्छन् ।
बीआईसीटी जुनकुनै फ्याक्लटीबाट आएर पढ्न मिल्छ । कक्षा १२ मा जीपीए डी प्लस भए हुन्छ तर गणितमा सी प्लस हुनु पर्छ । वा कक्षा १० मा गणितमा सी प्लस आए पनि हुन्छ ।
विद्यार्थीको एबिलिटी टेस्ट र अन्तर्वाताका आधारमा भर्ना लिइने उनको भनाइ छ । ‘सुरूमा विद्यार्थीको एबिलिटी टेस्ट लिइन्छ, त्यसका आधारमा विद्यार्थीको कमजोरी कहाँ छ, कहाँ हामीले जोड दिनुपर्छ भन्ने थाहा हुन्छ,’ उनी भन्छन्, ‘त्यसपछि अन्तर्वाता हुन्छ र भर्नाको प्रक्रिया सुरू हुन्छ ।’
पछिल्लो समय कक्षा १२ पास गरेपछि विदेश पढ्न जानेको संख्या बढेको छ । यसबाट नेपाली शैक्षिक संस्थाहरू समेत प्रभावित भएका छन् । भिरिञ्ची कलेज पनि यसबाट अछुतो नरहेको अध्यक्ष सिम्खडा बताउँछन् ।
भिरिञ्ची कलेजमा बीआईसीटीको शुल्क ९ लाख २५ हजार रूपैयाँ छ । यसमै परीक्षा शुल्क, सेमेस्टर शुल्क, विश्वविद्यालय शुल्क, भर्ना शुल्क सबै समावेश छ । ३-४ वर्षको साइकलमा मात्रै कलेजले शुल्क बढाउने गरेको छ ।
बीआईसीटीको पाठ्यक्रम विश्वविद्यालयले आवश्यकता अनुसार परिमार्जन गर्दै आएको छ । हालसम्म भिरिञ्ची कलेजबाट बीआईसीटी र एमबीए गरी करिब २५० विद्यार्थी पासआउट भइसकेको उनले बताए ।
पास आउट भएका विद्यार्थीहरू देश तथा विदेशका विभिन्न संघ संस्थामा काम गरिरहेका छन् । बीआईसिटी पढ्ने विद्यार्थीले अनिवार्य रूपमा इन्टर्नसीप गर्नुपर्ने हुन्छ । कतिपय विद्यार्थीहरू ३ वर्षपछि काम गर्न थालिसकेका हुन्छन् ।
कलेजले इन्टर्नसीपका लागि एफवान सफ्ट, इन्फो डेभलपर्स, इसेवा, खल्ती, कोटिभिटी, ईबी पर्लस, एचएलई नेपाल, लुनिभा टेक, डियरवाक, नेप्स, वर्ल्डलिंक, म्यांगो सफ्ट, क्लाउड फ्याक्ट्री, जापानको फोर्थ भ्याली र फिनल्याण्डको युनिकीसँग साझेदारी गरेको छ ।
यस वर्षदेखि कलेजले ट्रेनिसीप कार्यक्रम समेत सुरू गरेको छ । ट्रेनिसिप कार्यक्रममार्फत कलेजमै विद्यार्थीले काम गर्न पाउने र त्यसवाफत स्टाइपेन्ड पाउने छन् । अहिले ट्रेनिसीपमा १० जनाले काम गरिरहेका छन् । आगामी दिनमा विद्यार्थीको क्षमता अभिवृद्दि गर्दै बजारका लागि योग्य बनाउने योजनासहित अगाडि बढेको सिम्खडा सुनाउँछन् ।