कीवर्डहरू -

अब ह्वाट्सएपमा प्रोफाइल फोटोको स्क्रिनसट लिन नपाइने

अब ह्वाट्सएपमा प्रोफाइल फोटोको स्क्रिनसट लिन नपाइने

मेटाले ह्वाट्सएपमा प्रोफाइल फोटोको स्क्रिनसट नलिन दिने भएको छ । वाबेटा इन्फोको रिपोर्ट अनुसार, ह्वाट्सएपले एन्ड्रोइड बेटा टेस्टरहरूलाई प्रोफाइल फोटोहरूको स्क्रिनसट लिने सुविधा बन्द गर्ने विकल्प दिएको छ ।

यो नयाँ सुविधा हाल केही एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध छ । अपडेट संस्करण २.२४.४.२५ इन्स्टल गरेर प्राप्त गर्न सकिने छ । जब प्रयोगकर्ताले प्रोफाइल फोटोको स्क्रिनसट लिन प्रयास गर्दा लिन नपाइने सूचना देख्नेछन् ।

यो नयाँ सुविधाले गोपनीयतालाई थप सुधार गर्ने कम्पनीको दावी छ । यसले प्रोफाइल फोटोहरू तपाईको अनुमति बिना कसैसँग सेयर गर्नबाट रोक्ने छ । 

तर मानिसहरूले अर्को फोन वा क्यामेराबाट तपाईंको प्रोफाइल फोटोको स्क्रिनसट भने लिन सक्ने छन् । हालै, ह्वाट्सएपको कम्पनी मेटाले ह्वाट्सएपमा समेत विशेष हेल्पलाइन सुरू गर्दैछ । डिपफेकसँग लड्न आगामी मार्चबाट हेल्पलाइनको हुनेछ ।