कीवर्डहरू -

जीमेलमा स्प्याम म्यासेज आएर हैरान हुनुहुन्छ ? यसरी रोक्नुहोस्

जीमेलमा स्प्याम म्यासेज आएर हैरान हुनुहुन्छ ? यसरी रोक्नुहोस्

हरेक दिन तपाईले कुनै न कुनै अपरिचित आइडीबाट जीमेलमा केही स्प्याम म्यासेज प्राप्त  गरि रहनुभएको हुन सक्छ । यस बाहेक तपाईंले विभिन्न ब्रान्डहरूबाट न्यूजलेटर र प्रचारात्मक इमेलहरू पनि प्राप्त गरिरहनुभएको हुन सक्छ, जसको तपाईंले कहिल्यै सदस्यता पनि लिनुभएको छैन् ।

त्यस्ता अनावश्यक इमेल र स्प्याम मेसेजहरू मेटाउनमा तपाईंको बहुमूल्य समय बर्बाद हुनेछ । तसर्थ, यहाँ हामी तपाईलाई त्यस्ता अनावश्यक सन्देश वा इमेलहरू कसरी रोक्ने भनेर जानकारी दिदैछौं ।

जसले गर्दा तपाईको बहुमूल्य समयको बचत होस् र तपाईको जीमेल अकाउन्टको इनबक्स क्लियर रहोस्, र तपाई कुनै पनि प्रकारको फिसिङ आक्रमणबाट पनि सुरक्षित रहन सक्नुहुन्छ ।
 
स्प्याम रिपोर्ट गरी र स्प्याम इमेलहरूबाट अनसब्सक्राइब गर्ने

जीमेलमा लग इन गरेपछि, तपाईंले सदस्यता रद्द गर्न चाहनुभएको सबै स्प्याम इमेलहरू चयन गर्न सक्नुहुन्छ । त्यसपछि शीर्षमा दिइएको 'आइ' आइकनमा क्लिक गर्नुहोस् । त्यसपछि तपाई रिपोर्ट स्प्याम वा रिपोर्ट स्प्याम र अनसबस्क्राइबको विकल्प देख्नुहुनेछ ।

यहाँ, चयन गरिएको इमेल आईडी डबल–जाँच गर्नुहोस् र त्यसपछि रिपोर्ट स्प्याम र अनसब्सक्राइब विकल्प चयन गर्नुहोस् । यसलाई सक्षम गरेपछि तपाईंले यी अकाउन्टबाट इमेलहरू प्राप्त गर्नुहुने छैन् ।
 
स्प्याम इमेलहरू पहिचान गर्न फिल्टर लागू गर्ने

आफ्नो जीमेल अकाउन्ट खोल्नुहोस् र शीर्षमा दिइएको सर्च बाकसमा क्लिक गर्नुहोस् । सबै प्रचारात्मक इमेलहरू सूचीबद्ध गर्न यहाँ अनसब्सक्राइब टाइप गर्नुहोस् ।

यहाँ सबै स्प्याम इमेलहरू चयन गर्नुहोस् । अब माथिको तीनवटा थोप्लामा क्लिक गर्नुहोस् र फिल्टर म्यासेज लाइक दिसमा क्लिक गर्नुहोस् ।

अब क्रियट अ फिल्टर अप्सनमा क्लिक गर्नुहोस् र तपाईले यी स्प्याम इमेलहरूसँग के गर्न चाहनुहुन्छ चयन गर्नुहोस् । उदाहरणका लागि, यदी तपाई त्यस्ता इमेलहरू स्वचालित रूपमा हटाउन चाहनुहुन्छ भने क्रियट अ फिल्टर र डिलिट विकल्प चयन गर्न सक्नुहुन्छ ।

अब तपाईले फिल्टर सिर्जना गरिएको पपअप पाउनुहुनेछ । डिलिट गर्ने बाहेक तपाईंले त्यस्ता इमेलहरूमा लेबल पनि लागू गर्न सक्नुहुन्छ ।
 
अस्थायी इमेल आईडी प्रयोग गर्नुहोस्

जब तपाई विभिन्न साइटहरूमा आफ्नो जीमेल आईडी साझा गर्नुहुन्छ, यो आईडी धेरै प्रकारका तेस्रो पक्ष साइटहरूमा जान्छ । यस्तो अवस्थामा धेरै प्रकारका स्प्याम इमेलहरू प्राप्त गर्ने जोखिम बढ्छ । कहिलेकाहीँ यी स्प्यामहरू एकदम मान्य देखिन्छन् र तपाईं फिसिङ आक्रमणमा पर्न सक्नुहुन्छ ।

यस्तो अवस्थामा तपाईले आफ्नो प्राइमरी जीमेल आईडी दिनुको सट्टा अस्थायी आईडी दिन सक्नुहुन्छ । टेम्प मेल डट ओआरजी जस्ता वेबसाइटहरूले तपाईंलाई निःशुल्क अस्थायी आईडीहरू प्रदान गर्दछ । तपाईले कुनै पनि त्यस्तो साइटबाट अस्थायी आईडी प्रयोग गर्न सक्नुहुन्छ । यसरी तपाईले आफ्नो प्राथमिक जीमेल अकाउन्ट सुरक्षित र स्प्याम मुक्त राख्न सक्नुहुन्छ ।