कीवर्डहरू -

दुई दशकदेखि बेकरी व्यवसायमा आबद्ध जुलीन केक र पेस्ट्रीको अनलाइन सेवा सुरू

दुई दशकदेखि बेकरी व्यवसायमा आबद्ध जुलीन केक र पेस्ट्रीको अनलाइन सेवा सुरू

दुई दशकदेखि बेकरी व्यवसायमा अग्रस्थानमा रहदै आएको जुलीज केक र पेष्ट्रीले अनलाइन सेवा शुरु गरेको छ । वि.सं. २०६० असोज ७ गते स्थापना भएको जुलीले आफ्नो दुई दशकको यात्रामा हरेक पटक नविनतम प्रविधिलाई अंगाल्दै आएकोमा हाल आफ्नै इकमर्श प्लेटफर्म सार्वजनिक गरेको हो।

२०८० माघ २८ गते एक कार्यक्रमका बिच, आधुनिकतातर्फ कदम चाल्दै जुलीले ई-कमर्स सेवा सार्वजनिक गरेको छ । जुलीको अनलाइन सेवामार्फत ग्राहकले आफूलाई मनपर्ने र गुणस्तरीय बेकरी तथा केक आईटमहरु सहजै घरमा मगाउन सक्नेछन्।

जुलीज केक र पेस्ट्रीका संस्थापक ज्योति नकर्मी र जुली प्रधानाङ्गले नयाँ प्रविधिलाई आत्मसात गरेर ग्राहक सेवा बिस्तार गर्न पाएकोमा हर्षित भएको बताए ।

'हामीले सानो बेकरीको रुपमा शुरु गरेको जुलीज केक्स एण्ड पेष्ट्रीजले आफ्नो यात्राको दौरान गुणस्तरीय उत्पादन र सेवा प्रदान गरिरहेका छौं। अहिलेको आधुनिक समय र हामा ग्राहकहरुको व्यस्ततालाई ध्यानमा राखेर अनलाइनमार्फत पनि अर्डर गर्न सकिने सुविधा शुरु गरेका छौं। यसले हामीलाई ग्राहक प्रति थप जिम्मेबार र प्रतिबद्ध हुन सहयोग गर्नेछ,' संस्थापक‌द्धयले भने।

आफ्नो उत्पादन र सेवाको विशेषताको गुणस्तर कायम राख्न बाहेक, जुलीले अब आफ्नो असाधारण सेवालाई अत्याधुनिक प्रविधिका साथमा ग्राहक सेवालाई अग्रस्थानमा राखे प्रयास गर्छ। सुरु गरिएको वेबसाइटले बेकरी उ‌द्योग भित्र ग्राहकको सुविधा र प्राविधिक एकीकरणमा नयाँ बेन्चमाके सेट गर्ने, हरेक अवसरका लागि अनुकूलित किनमेल अनुभवहरुबाट सिमलेस अर्डर ड्याकिडसम्म सुविधा समेटिएको छ । 

यसअघिदेखिनै जुलीले फुडमाण्डु, मुन्चा, ठमेल डटकम भोज जस्ता प्रतिष्ठित प्लेटफर्महरूसँग साझेदारी गर्दै आएको छ ।