कीवर्डहरू -

विशेष अदालतमा हुने सुनुवाइको प्रत्यक्ष प्रसारण हुने

विशेष अदालतमा हुने सुनुवाइको प्रत्यक्ष प्रसारण हुने

विशेष अदालतमा हुने सुनुवाईको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको छ । विशेष अदालतले आफ्नो सुनुवाई लाइभ स्ट्रिमिङ गर्ने तयारी अगाडि बढाएको हो । 

भ्रष्टाचार, गैरकानूनी सम्पती आर्जन, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दाको सुनुवाइ गर्ने विशेष अदालतले छिट्टै सुनावाईको प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ । 

सुनुवाइको प्रत्यक्ष प्रसारणका लागि विशेष अदालतले सर्वोच्च अदालतबाट अनुमति समेत पाइसकेको छ । अबको केही दिनमै प्रत्यक्ष प्रसारणको सुरूवात हुनेछ । 

यस बाहेक विशेष अदालतले अदालतलाई स्मार्ट कोर्ट बनाउने, भर्चुअल हियरिङ अर्थात अन्यत्रबाटै पनि अनलाइनमार्फत बहस गर्न पाउने, अनलाइनबाटै वकपत्र गर्ने कामलाई समेत अगाडि बढाएको छ ।