कीवर्डहरू -

फोल्डेबल फोनको उचित हेरचाहका टिप्स: लामो समयसम्म सुरक्षित राख्ने उपाय

फोल्डेबल फोनको उचित हेरचाहका टिप्स: लामो समयसम्म सुरक्षित राख्ने उपाय

साल २०१९ देखि फोल्डेबल फोन नेपाली बजारमा प्रवेश गरेका छन् । फोल्डेबल फोनको डिजाइनकै कारण मानिसहरूमा यसको विशेष क्रेज देखिन्छ । यसको आकर्षक डिजाइनका कारण धेरैजसो मानिसहरू फोल्डेबल फोन किन्न उत्सुक हुन्छन् । तर, फोल्डेबल फोनलाई सामान्य स्मार्टफोनको तुलनामा धेरै हेरचाहको आवश्यकता पर्छ । यदि तपाईंसँग फोल्डेबल स्मार्टफोन छ भने, यसलाई सुरक्षित र दीर्घकालीन बनाउनका लागि केही टिप्सहरू पालना गर्नुपर्छ । 

१. फोल्डेबल स्क्रिनको हेरचाह गर्ने  

फोल्डेबल फोनको स्क्रिनमा धेरै तहहरू हुन्छन्, जसले यसलाई थप मजबुत बनाउँछ । तर, यो सामान्य फोनको तुलनामा धेरै नाजुक हुन्छ, विशेष गरी हिंजको छेउमा स्क्रीन कमजोर हुने गर्दछ ।  
– सावधानीपूर्वक खोल्न र बन्द गर्नुहोस् ः हिंजलाई धेरै मोड्ने प्रयास नगर्नुस्, किनभने यसले बिग्रने सम्भावना बढ्न सक्छ ।  
– धुलोबाट जोगाउनुहोस् : हिंजको छेउमा धुलो र कण फस्न सक्छन्, जसले स्क्रिनलाई समयसँगै क्षति पु¥याउन सक्छ ।  

२. फोन सफा राख्नुहोस्  

फोन बन्द गर्दा भित्र धुलो वा मैलो फस्न सक्छ, जसले स्क्रिनमा दबाब दिएर क्षति पु¥याउन सक्छ ।  
– नियमित सफाई गर्नुहोस् : सुख्खा र नरम कपडाले हिंज र स्क्रिनका किनाराहरू सफा गर्नुहोस् ।

 ३. स्क्रिन प्रोटेक्टरको प्रयोग गर्नुहोस्  

धेरै कम्पनीहरूले आफ्ना फोल्डेबल फोनमा पहिले नै स्क्रिन प्रोटेक्टर राखेका हुन्छन्, तर यदि तपाईंको फोनमा छैन भने तुरुन्तै लगाउनुहोस् । यसले हल्का स्क्रयाचबाट जोगाउन मद्दत गर्छ, विशेष गरी फोन बन्द गर्दा भित्र धुलोका कणहरू हुँदा यसले जोगाउँछ ।  

– टेम्पर्ड ग्लासको तुलनामाः यो ठूला झट्काबाट बचाउन धेरै सक्षम छैन, तर स–साना क्षतिबाट बच्न सहयोग पु¥याउँछ ।  

४. राम्रो फोन केसमा लगानी गर्नुहोस्  

फोल्डेबल फोनका लागि विशेष केसहरू छान्नुहोस्। 
– हिंज प्रोटेक्शन भएका केसहरू छान्नुहोस् : यी केसले धुलो र स्क्रयाचबाट जोगाउन मद्दत पु¥याउँछन्  ।

 – टिकाउ र हल्का केसः फोनको सुरक्षाका साथै यसको लुक्स पनि बनाइराख्ने केस छान्नुहोस् ।