कीवर्डहरू -

न्यूरालिंकको ब्रेन कम्प्युटर इन्टरफेस डिभाइस पक्षघातको दोस्रो विरामीमा पनि सफल इम्प्लान्टेसन

न्यूरालिंकको ब्रेन कम्प्युटर इन्टरफेस डिभाइस पक्षघातको दोस्रो विरामीमा पनि सफल इम्प्लान्टेसन

एलन मस्कको स्टार्टअप न्यूरोटेक्नोलोजी न्यूरालिंकले कम्पनीको ब्रेन–कम्प्युटर इन्टरफेस डिभाइसलाई दोस्रो बिरामीको ब्रेनमा सफल रूपमा इम्प्लान्ट गरेको छ । यसअघि पनि पक्षघातको एउटा विरामीमा ब्रेन–कम्प्युटर इन्टरफेस डिभाइसको सफल परीक्षण भइसकेको छ । 

मस्कको कम्पनी न्यूरालिंकले पक्षघात भएका बिरामीहरूको मद्दत गर्नका लागि एक विशेष डिभाइसमा काम गरिरहेको छ, जसले स्पाइनल कर्ड इन्जरी भएका बिरामीहरूलाई डिजिटल डिभाइसले नियन्त्रण गर्न मद्दत गर्नेछ ।

यस नयाँ डिभाइससँग पहिलो बिरामी नोल्याण्ड अरबाउलाई विभिन्न कार्यहरू प्रदर्शन गर्न मद्दत मिलिरहेको मस्कले बताएका छन् । यसले भिडियो गेम खेल्न, इन्टरनेट ब्राउजिङ गर्न, सामाजिक सञ्जालमा पोष्ट सेयर गर्न र ल्यापटपमा कर्सर मुभ गर्न सक्षम बनाएको छ ।

यो सबै काम अरबाउले ड्रप्लिजिक नामक रोगबाट पीडित हुँदाहुँदै गर्न सकिरहेका छन् । अरबाउको शरीर घाँटीको तल्लो भागबाट पक्षघातग्रस्त छ । मस्कले दोस्रो बिरामीलाई लिएर अहिलेसम्म धेरै जानकारी दिएका छैनन् । उनले भनेका छन् कि नयाँ बिरामीलाई पनि अरबाउ जस्तै स्पाइनल कर्ड इन्जुरी छ । उनी पनि पक्षघातबाट पीडित छन् ।

दोस्रो बिरामीको मस्तिष्कमा इम्प्लान्ट गरिएको ४०० इलेक्ट्रोड ठीकसँग काम गरिरहेको बताइएको छ । न्यूरालिंकको डिभाइस कुल १,०२४ इलेक्ट्रोडबाट सुसज्जित छ, जसले ब्रेनका सिग्नलहरू क्याप्चर र ट्रान्समिट गर्नको लागि डिजाइन गरिएको छ ।