ताइवानाले अमेरिकामा सेमिकन्डक्टर निर्माणमा २५० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । ट्रम्प प्रशासनले ताइवानसँग एक व्यापार सम्झौता गरेको छ, जसले संयुक्त राज्य अमेरिकालाई घरेलु सेमिकन्डक्टर निर्माण बढाउन सहयोग गर्ने उद्देश्य राखेको छ।
बिहीबार अमेरिकी वाणिज्य विभागले सार्वजनिक गरेको सम्झौताअनुसार, ताइवानी सेमिकन्डक्टर र प्रविधि कम्पनीहरूले संयुक्त राज्य अमेरिकाको सेमिकन्डक्टर उद्योगमा २५० अर्ब डलरको प्रत्यक्ष लगानी गर्ने सहमति जनाएका छन्।
यो लगानी सेमिकन्डक्टर, ऊर्जा र एआई उत्पादन तथा नवप्रवर्तन क्षेत्रमा हुनेछ । हाल ताइवानले विश्वको आधाभन्दा बढी सेमिकन्डक्टर उत्पादन गर्छ।
वाणिज्य विभागका अनुसारताइवानले यी सेमिकन्डक्टर र प्रविधि कम्पनीहरूबाट थप लगानीका लागि अर्को २५० अर्ब डलरको क्रेडिट ग्यारेन्टी पनि उपलब्ध गराउनेछ । लगानीको समयावधि हाल अस्पष्ट रहेको छ।
साथै यसको बदलामा अमेरिकाले ताइवानको सेमिकन्डक्टर, रक्षा, एआई, दूरसञ्चार र बायोटेक उद्योगहरूमा लगानी गर्नेछ। अमेरिकाको तर्फको लगानी रकम निर्दिष्ट गरिएको छैन् ।
हाल केवल १० प्रतिशत सेमिकन्डक्टर मात्रै अमेरिकामा उत्पादन हुँदै आएको छ । विदेशी आपूर्ति श्रृंखलामा निर्भरता ठूलो आर्थिक र राष्ट्रिय सुरक्षा जोखिम भएपछि ट्रेम्पले आत्मनिर्भरताको कदम उठाएका छन् ।
सेमिकन्डक्टर आधुनिक अर्थतन्त्र र राष्ट्रिय सुरक्षा लागि आधारभूत भूमिका खेल्ने भएकाले, आयात-निर्भर आपूर्ति श्रृंखलामा अवरोधले अमेरिकाको औद्योगिक र सैन्य क्षमतामा दबाब पार्न सक्छ।
साथै अमेरिकाले केही उन्नत एआई चिप्समा २५ प्रतिशत शुल्क लगाउने पनि जनाएको छ। साथै, ताइवानसँगको यो सम्झौता जस्ता अन्य देशहरूसँग व्यापार वार्ता पूरा भएपछि थप सेमिकन्डक्टर शुल्क लाग्ने उल्लेख छ।
आईसीटी समाचार