कीवर्डहरू -

उपत्यका बाहिर टाटा मोटर्सको फन कार्निभल, पुराना गाडीसँग नेक्सन र टियागो इभी साट्न सकिने

उपत्यका बाहिर टाटा मोटर्सको फन कार्निभल, पुराना गाडीसँग नेक्सन र टियागो इभी साट्न सकिने

पुस २७ गतेदेखि पुस २९ गतेसम्म उपत्यका बाहिर टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्धार्थ कटेज बुटवल, सिप्रदी ट्रेडिङ बुद्ध चोक पोखरा र टाउनहल प्लानिङ विरगंजमा टाटा मोटर्स फन कार्निभल ३.० आयोजना गर्न हुने भएको छ । 

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले 'टाटा मोटर्स फन कार्निभल ३.०' कार्यक्रमको आयोजना गर्न लागेको हो ।

यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरू साट्न सकिनेछ। ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरूप्रतिको रुची तथा चाहनाहरूलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो । 

फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरूका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन्। 

यस कार्निभलका मुख्य उद्देश्य भनेको ग्राहकलाई खेल तथा मनोरञ्जनमार्फत् नौलो अनुभुति गर्दै गाडी किन्ने फरक अनुभव प्रदान गर्नु रहेको कम्पनीले बताएको छ।