टेलिग्रामले आफ्ना प्रयोगकर्ताहरूका लागि एकैसाथ धेरै अपडेटहरू ल्याएको छ, जसमा मेसेज पठाएपछि एडिट गर्ने क्रममा मिडिया थप्ने विकल्प पनि समावेश गरिएको छ ।
टेलिग्रामले आफ्नो म्यासेजिङ सेवामा भिडियो र च्याट फिचरका लागि नयाँ अपडेट ल्याएको छ । यस अपडेटमा नयाँ भिडियो स्पीड नियन्त्रणहरू थपिएका छन्, जसले भिडियोको गुणस्तर सुधार गर्नेछ र नेटवर्क कनेक्सनअनुसार भिडियो छिटो लोड हुनेछ ।
अब प्रयोगकर्ताहरूले पठाइएको मेसेजलाई एडिट गर्दा त्यसमा मिडिया पनि थप्न सक्नेछन् । साथै, अब टेलिग्राम च्याटमा सन्देशलाई अन्तिम पटक कहिले एडिट गरिएको हो भन्ने पनि देखिनेछ । डेभलपरहरूले अब प्लेटफर्ममा नयाँ मोनेटाइजेशन विकल्पहरूको फाइदा उठाउन सक्नेछन् ।
नयाँ अपडेटपछि टेलिग्रामका प्रयोगकर्ताहरूले भिडियो प्लेब्याक स्पीडलाई २.५ गुणासम्म बढाउन सक्नेछन् । यसका लागि भिडियोको दायाँतर्फ थिचेर र दायाँतर्फ स्लाइड गरेर भिडियो छिटो चलाउन सकिनेछ, अर्थात् फर्वार्ड गर्न सकिनेछ ।
एन्ड्रोइड प्रयोगकर्ताहरूले स्क्रिनको बायाँ वा दायाँतर्फ ट्याप गरेर भिडियोलाई ज्ञण् सेकेन्ड अगाडि वा पछाडि गर्न पनि सक्नेछन् । टेलिग्राम च्यानलमा अब भिडियो अपलोडका लागि लो, मिडियम र हाई जस्ता विकल्पहरू उपलब्ध हुनेछन् ।