रूपन्देहीको इन्टरनेट सेवा प्रदायक कम्पनी रेग्मी मिडिया इंकको लाइसेन्स खारेज भएको छ ।
नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेस नगरेकोले रेग्मी मिडिया इंकको लाइसेन्स स्वतः रद्द भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको हो ।
रेग्मी मिडिया इंक प्रालिले प्राधिकरणबाट २०७१ असोज २३ गते इन्टरनेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र पाएको थियो ।
साथै नियमानुसार तिन/बुझाउन पर्ने रकमका सम्बन्धमा ३० दिनभित्र प्राधिकरणमा सम्पर्क गर्न र अन्यथा प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने समेत प्राधिकरणले जनाएको छ । 
 
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      